IMG-LOGO

बिन्धवासिनी सहकारीको ३३ औं वार्षिक साधारण सभा

 मंगल, असोज २०, २०८३  -

अध्यक्षमा पुनःशान्तकुमार श्रेष्ठ, सबैपदमा सर्वसम्मत,
    बनेपा । काभ्रे जिल्लामै सबै भन्दा बढी शेयर सदस्य रहेको र राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा समेत पहिचान कायम राख्न सफल बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३३औं वार्षिक साधारण सभा सात वटा ईकाइमा सम्पन्न गरेको छ । संस्थाले गत असोज १६ गतेदेखि १८ गतेसम्म तीन दिन साधारण सभा संचालन गरेको थियो । बनेपा र बानेश्वर सेवा कार्यालयमा १६ गते, ढुंखर्क, पाँचखाल र भकुण्डे सेवा कार्यालयमा १७ गते तथा खोपासी र पनौती सेवा कार्यालयमा १८ गते इकाई साधारण सभा संचालन गरिएको थियो । बनेपा, भकुण्डे र खोपासीमा भएको सभामा अध्यक्ष शान्तकुमार श्रेष्ठले, बानेश्वर र ढुर्खकमा भएको सभामा उपाध्यक्ष रामहरी शार्म तिमल्सिनाले र पाँचखालमा भएको सभामा सचिव डोरेन्द्रराज सापकोटाको सभाध्यक्षमा भएको थियो ।सात वटै सभामा सचिव डोरेन्द्रराज सापकोटाले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भिमबहादुर खत्रीको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति र बाह्य लेखापरीक्षकको प्रतिवेदन सर्व सम्मत पारित भएको थियो ।
    कार्यक्रममा संस्थाको एकमुष्ट प्रगति र भावी योजना प्रमुख कार्यकारी अधिकृत केवि लामा स्यांङतान्, नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे र विभागीय प्रमुख अमित राजकर्णिकारले प्रस्तुत गर्नु भएको थियो भने बनेपा सेवा कार्यालयका मित्र प्रसाद दाहाल, पनौतीको रामचन्द्र थापा, पाँचखालको सुरज अधिकारी, ढुखर्कको अनिल पहरी, खोपासीको राजेश कार्की, बानेश्वरको बलराम अधिकारी र भकुण्डेको प्रविण धितालले आ—आफ्नो कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाले दिएको जानकारी अनुसार २६ सय ४८ वटा विभिन्न समुहमा ६१ हजार तीन सय २६ जना शेयर सदस्य र १२ हजार छ सय छ जना बाल वचतकर्ता गरि जम्मा ७३ हजार नौ सय ३२ जना सदस्यलाई सेवा दिई शेयर पूजी ५३ कारोड ५९ लाख ३९ हजार दूई सय, कुव वचत चार अर्व ३९ करोड ७४ लाख आठ हजार, ऋण लगानी तीन अर्व ५९करोड १९लाख ६४ हजार, जगेडा कोष ४१करोड १७ लाख ५७ हजार भई कुल सम्पत्ती पाँच अर्व ७३ करोड ३७ लाख २७ हजार पुगेको छ ।
    बिन्धबासिनी सहकारीले यस वर्षको साधारण सभामा सात सय भन्दा बढी जना जेष्ठ सदस्यलाई सम्मान र जेष्ठ सदस्य भत्ता, एक सय ३३ जना अपांग सदस्यलाई सम्मान र भत्ता वितरण गरेको थियो भने प्रत्येक सेवा कार्यालयका उत्कृष्ठ वचत कर्ता, अधिकतम शेयर खरिद कर्ता, उत्कृष्ट शैक्षिक बाल वचत कर्ता र उत्कृष्ट लघुवित्त समुहलाई सम्मानित तथा पुरस्कृत गरेको थियो । साधारण सभामा शेयर सदस्यका छोराछारी मध्ये गत एसईइ परीक्षा २०८२ मा ४ जिपिए ल्याउने चार जना र अन्य उत्कृष्ठ जिपिए ल्याउने तीन गरी सात जनालाई चाँदीको तक्मा प्रशंसा पत्र र नगदबाट सम्मान गरिएको थियो भने अन्य एक सय ८९ जनालाई प्रंशसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । संस्थाले साधारण सभाको अवसरमा सभा स्थलमा निःशुल्क स्वास्थ्य शिबिर, निःशुल्क दन्त परीक्षण शिबिर र रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो भने बानेश्वर सेवा कार्यालयको सभामा संस्थाले शेयर सदस्य भोलाप्रसाद अधिकारीको निधन भएकोमा उहाँको परिवारलाई २० लाख ३० हजार वीमा रकम भुुक्तानी गरिएको थियो ।
    संस्थाको ३३औं वार्षिक साधारण सभाले आगामी चार वर्षे कार्यकालको लागि पुन शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति र रामकुमार श्रेष्ठको संयोजक्त्वमा ३ सदसीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । संचालक समितिको उपाध्यक्षमा केशव थापा, सचिव भिमबहादुर खत्री, कोषाध्यक्ष गणेशप्रसाद पराजुली र सदस्यहरुमा लोकदर्शन कर्माचाय, बुद्धिमाया लामा, सुनिता धिताल पौडेल, पुष्पा खडका बस्नेत र रामशरण श्रेष्ठ रहनु भएको छ भने लेखा समितिमा विदुर थापा र सिद्धिलक्ष्मी पोटे रहनु भएको छ । संस्थाले भोली २१ ग्ते बुधबार साधारण सभाबाट छानिएका प्रतिनिधिहरुलाई सहभागि गराई अन्तिम निर्णय प्रमाणिकरण सभा तथा नव निर्वाचित संचालक र लेखा समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम गर्ने जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्