चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.बनेपाको ३४ औं बार्षिक साधारणसभा बागमती प्रदेश सांसद पूर्वमन्त्री कञ्चन चन्द्र बादेको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष नवीनभक्त बादे श्रेष्ठको सभापतित्वमा शनिबार सम्पन्न भएको छ । उक्त साधारणसभाले नयाँ कार्यसमिति समेत निर्बिरोध निर्वाचित गरेको छ । बुद्धरत्न मानन्धरको अध्यक्षतामा निर्बिरोध निर्वाचित समितिको उपाध्यक्षमा पुर्ण पोटे, सचिवमा सुरेन्द्र प्रजापति, कोषाध्यक्षमा जितेन्द्र भक्त पोटे रहनुभएको छ । त्यस्तै सदस्यहरुमा गणेश कुमार रंजित, रुकमणि देबि राजभण्डारी, मनोहरी पोटे, लक्ष्मि श्रेष्ठ र सुवनकुमार प्रधान हुनुहुन्छ । यसैगरी संस्थाको लेखा सुपरीक्षण समिति संयोजकमा रोशना राजवंशी र सदस्यमा कृष्णेश्वरी श्रेष्ठ र गोपाल श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको संस्थाले जनाएको छ ।
चण्डेश्वरी साकोसको २ करोड ५८ लाख खुद नाफा
सविन बुद्धरत्न मानन्धरले प्रगति प्रतिवेदन, भावी कार्ययोजना, कोषाध्यक्ष गणेशकुमार रंजीतले लेखापरीक्षण प्रतिवेदन र प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । ११ हजार ५ सय १९ सदस्यबाट ११ करोड ६१ लाख ९६ हजार ५ सय शेयर पूँजी रहेको छ । बचत निक्षेप १ अर्ब २५ करोड ३५ लाख ९७ हजार ३५ रहेको छ । ९० करोड ९४ लाख ४६ हजार १ सय ७९ ऋण लागनी गरी १२ करोड २९ लाख ७६ हजार ६ सय ५३ जम्मा आम्दानी गरेको छ । ९ करोड ७१ लाख २४ हजार ३ सय ८२ खर्च गरी २ करोड ५८ लाख ५२ हजार २ सय ७० खुद नाफा गरेको जनाएको छ । १६ करोड १२ लाख ४५ हजार ९२ साधारण जगेडा कोष रहेको छ । संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक रामप्रसाद श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत कविन्द्र धौवन्जारले संस्थाले नीति विधि र प्रविधिको उच्चतम प्रयोग गरी शेयर सदस्यहरुको आर्थिक उन्नतिमा सारथीको भूमिका खेलेको जनाउनुभयो । कनिष्ठ कार्यालय सहायक कर्मचारी अन्जना कुइकेल उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । ज्योति प्रकाश सैंजु छात्रवृति ४ जना विद्यार्थीलाई जनही १० हजारले छात्रवृति प्रदान गरीएको कार्यालय प्रमुख रविन्द्र भक्त पोटेले बताउनुभयो । निर्वाचन समिति संयोजक इन्द्रनारायण भैल, सदस्यहरु कृष्णप्यारी नकर्मी र ओमकृष्ण प्रजापतिले नयाँ निर्वाचित पदाधिकारीको घोषणा गर्नुभएको थियो । संस्थाका सल्लाहकारहरु बालभक्त प्रधान विकास बादे, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे, जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ लगायतको आतिथ्यता रहेको थियो ।
