IMG-LOGO

जिल्ला सहकारी संघ काभ्रेले १२ प्रतिशत लाभंस दिने

 मंगल, असोज २०, २०८३  -

    बनेपा/जिल्ला सहकारी संघको ४५ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । अध्यक्ष अमन पोटेले संस्थाको बार्षिक गतिविधि, आगामी योजना तथा सहकारी सम्वन्धी परिवर्तित नियम, कानून र ऐनका बारेमा प्रकाश पार्नुभएको थियो ।
    सचिव प्रकाश बञ्जाराले जिल्ला सहकारी संघका सांगठनिक तथा संरचनागत र नीतिगत विषयमा भएका गतिविधिहरु, स्थापना दिवस तथा अन्य सामाजिक उत्तरदायित्व सम्वन्धि गरिएका कृयाकलापहरुका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष अर्जुन सापकोटाले अघिल्लो आर्थिक वर्षमा भएको आम्दानी तथा खर्चको विवरण, चालु वर्षको बजेट, आर्थिक कारोवार, लाभाशं वितरण तथा खर्च कटौती र राज्यका निकायमा राजश्व मार्फत पु¥याएको योगदानका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    लेखा समितिका तर्फबाट सदस्य पवनराज कर्णजितले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत गरिएका प्रतिवेदनहरु सर्वसम्वत रुपमा पास भएका थिए । सभामा १२ प्रतिशत लाभाशं वितरण गर्ने भएको छ । ३ करोड ४९ लाख ६ हजार ४ ससय शेयर पुँजी रहेको छ भने २७ करोड १ लाख ६२ हजार ३ सय ९९ रुपैया कर्जा लगानी गरिएको छ । ५ करोड ८४ लाख ६५ हजार ४ सय २९ बचत संकलन रहेको छ । सबै खर्च कटाएर खुद मुनाफा १ करोड २९ लाख ७२ हजार ७ सय १२ रहेको संघले विभिन्न निकायमा ७० लाख ३४ हजार ८ सय ४८ रुपैयाको कर बुझाए भएको छ । जग्गाको पुर्नमुल्यांकन कोष, जोखिम कोष तथा विभिन्न कोषहरुमा रकम जम्मा गरिएको छ ।
    सभामा महिला उपाध्यक्ष मिरा सत्यालले स्वागत मन्तब्य राख्नुभएको थियो । उपाध्यक्ष शान्ति लामा लगायतले सभामा धन्यवाद ब्यक्त गर्नुभयो । १४ सय ९५ वटा सहकारी हस्तान्तरण गरेको डिभिजन सहकारीले पछिल्लो क्रममा ५ सय ८८ वटा चालु अवस्थामा छन् । एकीकरण, बन्द हुने क्रम जारी रहेकाले ३ सय भन्दा धेरै सहकारीहरु नियमित भएको तथ्यांक छ । संघमा ५ सय ८८ वटा संस्था आवद्ध भएका छन् ।
योगदान गर्नेलाई सम्मान
    पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनालाई सहकारी पत्रकारिता पुरस्कार २०८३ बाट सम्मान गरिएको छ । त्यस्तै सर्वाेत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट लक्ष्मी महिला साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सम्मानित हुनुभएको छ ।
    असल ऋणी सदस्य संस्था पुरस्कार धुलिखेल ३ को नमस्ते कृषि सहकारी संस्था लिमिटेडले प्राप्त गरेको छ । सहकारी ब्यवसाय पुरस्कार कृषि सहकारी विद्या तर्फ पाँचखाल ३ को प्रतिष्ठा सहकारी संस्था लिमिटेडले प्राप्त गरेको छ । सहकारी ब्यवसाय पुरस्कार बहुउद्देश्यीय पुरस्कार सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनौती ६ काभ्रेले प्राप्त गर्न सफल भएको छ । जिल्ला सहकारी संघ काभ्रेका पूर्व अध्यक्षहरु विनोद पराजुली, शुभ अधिकारी जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्