IMG-LOGO

जनजागृतिको २७ औ वार्षिक साधारणसभा सम्पन्न

 मंगल, असोज २०, २०८३  -

    धुलिखेल/जनजागृति तरकारी तथा फलफुल सहकारी संस्था लि. को २७ औं वार्षिक साधारण सभा गत मंगलबार सम्पन्न भएको छ । संस्था लि.का अध्यक्ष नवराज पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष नानीराम धिताले गर्नुभएको थियो ।
    कार्यक्रममा अध्यक्षको प्रतिबेदन नवराज पराजुली, सचिवको प्रतिबेदन प्रेमकृष्ण सुवाल, कोषाध्यक्षको प्रतिबेदन बिमला रानाभाट र श्यामकुमार रानाले राख्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितीको प्रतिबेदन पृथ्वीमान तामाङ्गले राख्नुभएको थियो । साथै कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरूलाई सम्मान कार्यक्रम, उत्कृष्ट १२ जनालाई शेयर बोनश बितरण तथा उत्कृष्ट ५ जनालाई संरक्षित पुजीफिर्ता कोषबाट रकम बितरण गरिएको थियो ।
    कार्यक्रममा संस्था लि.का सल्लाहकार, संचालक समिति, लेखा सुपरिवेक्षण समिती, उपसमिती पदाधिकारी तथा ब्यबस्थापन समूह तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सचिव प्रेमकृष्ण सुवालले गर्नुभएको थियो । हाल संस्थामा महिला र पुरूष गरी ३०६३ शेयर सदस्य रहेको जानकारी संस्था लि. का प्रबन्धक श्यामकुमार रानाले बताउनुभयो । २ करोड ३ लाख ८३ हजार ४ सय रहेको छ । निक्षेप दायित्व १९ करोड ८० लाख २४ हजार ९१५ रहेको छ । ४५ लाख ७५ हजार ५४० खुद नाफा कमाउन सफल भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्