IMG-LOGO

‘मेरो नजरै लुटायो’ बोलको गित सार्वजनिक

 मंगल, भदौ १६, २०८३  -

                काठमाडौं । लोकप्रिय गायक स्वरुप राज आचार्यको मधुर स्वरमा सजिएको नयाँ गीत ‘मेरो नजरै लुटायो’ सार्वजनिक गरिएको छ । यस गीतका ८८ शब्द चर्चित स्रष्टा डा. गोपाल पौड्याल ‘मण्डने’ ८८ ले लेखेका हुन् । गीतको निर्माण र कोरियोग्राफी टिना शेरपालिले गरेकी छिन् । शंकर रेगरको निर्देशनमा बनेको भिडियोमा टिना शेरपालि र अर्जुन सिंहको मनमोहक अभिनयले प्रेम र आकर्षणको कथा जीवन्त बनेको छ । भारतको मुम्बईमा भएको सम्पुर्ण सुन्दर छायांकनले, भावनात्मक अभिनयले र मिठा शब्दको संगमले यो गीतलाई अझ प्रभावशाली बनाएको छ । गीत हाल YouTube को https://m.youtube.com/watch?v=417rXNrCCa8 मार्फत सार्वजनिक गरिएको छ । रिलिजसँगै दर्शक तथा श्रोतालाई गीतले निकै आकर्षित गरिरहेको छ । प्रेमको न्यानोपन, नजरको जादु र भावनाको सौन्दर्यलाई गीतले कलात्मक ढङ्गले प्रस्तुत गरेको छ।कैमरा मेंन प्रदीप प्रजापति तथा ड्रेश डिजाइनर इन्दरा धानुक रहेकाछन । निर्मात्री टिना शेरपालिले भनिन् “यो गीत मेरो लागि विशेष हो । हामीले मिहिनेतपूर्वक मुम्बईमा नै तयार पारेको हो । यस सिर्जनाले नेपाली संगीतमा नयाँ स्वाद ल्याओस् भन्ने हाम्रो चाहना हो ।” गीत हेर्न र सुन्नका लागि यो लिन्क्मा थिच्नुहोस ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्