जिल्ला सहकारी संघ लि., काभ्रे र रेयुकाई एईको मासुनागा आँखा अस्पतालबीच काभ्रेका नागरिकहरूका लागि सहकारीहरूको दिगो विकास र समुदायको सामाजिक योगदानका लागि समुदाय प्रति चासो र सामाजिक उत्तर दायित्व वहनका लागि सामुदायिक कार्य गर्ने हेतुले निःशुल्क आंखा परिक्षण एवं निःशुल्क मोतियाविन्दु उपचार सेवा उपलब्ध गराउन शनिबार एक कार्यक्रमका बीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । यस पश्चात् ग्रामिण तथा विपन्न वर्गका व्यक्तिहरूमा आंखा जस्तो संवेदनशील अंगको स्वास्थोपचार सेवामा पहककूच पुग्ने छ । एक वर्ष भित्रमा करिव १०० जनाको शल्यक्रिया र ५०० जतिले आंखा उपचारवपाउने लक्ष्य लिइएको छ । उक्त सम्झौता जिल्ला सहकारी संघको तर्फबाट का.वा. प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठ र आंखा अस्पतालका महासचिव एवं निर्देशक हिरामणि शर्माले गर्नु भएको थियो भने संघका कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, आंखा अस्पतालका कोषाध्यक्ष दिनेश राज कायस्थ, सह सचिव धर्म भक्त प्रधानको रोहवरमा उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यको विशेष उपस्थिति रहेको थियो ।
