युट्युबको एकाधिकारलाई चुनौती दिदै बिलिबिलीको विश्वव्यापी विस्तारसँगै चीनको डिजिटल प्रभावको नयाँ अध्याय शुरूवात भएको छ । यो युट्युब प्रयोगकर्ताका लागि अत्यन्तै खुसीको कुरा हो । चीनको लोकप्रिय भिडियो साझेदारी प्लेटफर्म बिलिबिली (Bilibili) ले सन् २०२६ अगस्टमा आफ्नो अन्तर्राष्ट्रिय विस्तारलाई नयाँ चरणमा प्रवेश गराएको छ । अगस्ट १९ मा कम्पनीले अन्तर्राष्ट्रिय एप विश्वव्यापी रूपमा सुरु गरेको घोषणा गरेको हो । हाल यसको अन्तर्राष्ट्रिय संस्करण एन्ड्रोइडमा उपलब्ध छ, क्ष्इक् संस्करण र थप देश–क्षेत्रमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । नयाँ संस्करणमा अन्तर्राष्ट्रिय प्रयोगकर्ताका लागि दर्ता प्रक्रिया सहज बनाइएको र पहिलेजस्तो अनिवार्य पहिचान प्रमाणीकरण हटाइएको बताइएको छ ।
बिलिबिली मूलतः एनिमे, कमिक्स र गेमिङ अर्थात् ACG संस्कृतिको चिनियाँ समुदायका रूपमा विकसित भएको थियो । तर अहिले यसले मनोरञ्जनसँगै शिक्षा, प्रविधि, जीवनशैली, गेमिङ र सिर्जनाकर्ता–केन्द्रित भिडियो सामग्री समेटेको विशाल डिजिटल समुदाय निर्माण गरेको छ । सन् २०२६ को पहिलो त्रैमासिकमा यसको दैनिक सक्रिय प्रयोगकर्ता ११ करोड ५२ लाख पुगेका थिए र औसत प्रयोग समय प्रतिदिन ११९ मिनेट थियो ।
यस विस्तारको अर्थ केवल अर्को भिडियो एप बजारमा आउनु मात्र होइन । चीनले आफ्ना भाषा, मनोरञ्जन, प्रविधि र सांस्कृतिक सामग्रीलाई विश्वव्यापी डिजिटल बजारमा र्पुयाउने प्रयासलाई थप तीव्र बनाएको देखिन्छ । बिलिबिलीले यसअघि नै चिनियाँ एनिमेसन र मौलिक सामग्री अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आएको थियो । सन् २०२४ को अन्त्यसम्म ९८ चिनियाँ एनिमेसन शीर्षक विदेशमा वितरण गरिसकेको कम्पनीले जनाएको छ ।
बिलिबिलीको नयाँ कदमलाई YouTube सँगको प्रतिस्पर्धा मात्र होइन, चिनियाँ डिजिटल संस्कृति र सामग्रीको विश्वव्यापी विस्तारको रणनीतिक प्रयासका रूपमा हेर्न सकिन्छ । यसको वास्तविक सफलता भने विश्वका प्रयोगकर्ताले चिनियाँ सामग्रीलाई कति स्वीकार गर्छन् र प्लेटफर्मले स्थानीय बजारका विश्वास, नियम र स्वतन्त्र सामग्री सिर्जनाको प्रश्नलाई कसरी सम्बोधन गर्छ भन्नेमा निर्भर हुनेछ ।
बिलिबिली भन्छ
‘अन्धविश्वास तोड्न, जातीय विभेदविरुद्ध आवाज उठाउन र मानवीय समानताको आवाजलाई बलियो बनाउन हामीसँग जोडिनुहोस् । यस्तै चेतनामूलक सामग्रीका लागि #follow गरेर खोजमूलक जानकारी हासिल गर्नसक्नुहुनेछ ।’
