IMG-LOGO

फरार प्रतिवादी प्रक्राउ

 मंगल, भदौ २, २०८३  -

    डाँका, ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना लगायतका मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिरकारी रविन विष्टका अनुसार रोशी गाउँपालिका–५ मा बुद्धचित्त दाना कुरूवालाई ज्यान मार्ने किसिमले धारिलो हतियार प्रहार गरी बन्दुकसमेत पड्काई बुद्धचित्तको दाना डाँका चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा मुद्दा दर्ता भएका व्यक्तिमध्ये फरार रहेका महाभारत गाउँपालिका–२, ४५ वर्षीय राजेन्द्र भनिने दिपक घलान तामाङ पक्राउ परेका हुन् ।
    प्रहरीका अनुसार उक्त घटनामा मानबहादुर तामाङ र दुर्गा बहादुर तामाङसहितको संयुक्त जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ‘डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना’ सम्बन्धी मुद्दा दर्ता भएको थियो । घटनापछि फरार रहेका घलानलाई खोजतलास गर्ने क्रममा बनेपा नगरपालिका–७ बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका घलानलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतको आदेशअनुसार रु. ३ लाख धरौटी माग भएकोमा उक्त रकम दाखिला गरी छुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
    यसैगरी, उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दासमेत रहेको छ । प्रहरीका अनुसार उक्त मुद्दामा समेत उनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्