बनेपा, रोटरी क्लब अफ काभ्रे बनेपाको २६ औं पदस्थापना समारोह आइतबार अरनिको पार्टी प्यालेसमा सम्पन्न भयो । पूर्व डिस्ट्रिक गभरनर संजय गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विसिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले रोटरीले नेतृत्व व्यक्तित्व विकास र सामाजिक अभियानबाट सबैको छवि उच्च राख्न सकेको बताउनुभयो । विसिष्ट अतिथि वैद्यले उद्योगी व्यवसायीलाई नयाँ सरकारले धरपकड गर्दा व्यवसायी त्रसित हुन पुगेको बताउनुभयो । व्यापार व्यवसाय फस्टाउन नसकेको, शेयर बजार उकालो लाग्न नसक्नु भनेको सरकारलाई नागरिक, उद्योगी व्यवसायीले विस्वास नगरेको तर्क गर्नुभयो ।
उद्यमी व्यवसायी कोहि कसैले नीतिविधि विपरित कार्य गरे सवुत प्रमाणका आधारमा कारवाही गर्नुपर्नेमा हचुवाका भरमा शंकाका आधारमा पक्राउ नगर्न विसिस्ट अतिथि वैद्यले सरकारलाई आग्रह गर्नुभयो । क्लबकी अध्यक्ष सरिता शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन रोट्रयाक क्लब अफ बनेपाका सदस्यद्वय सुस्मिता चौलागाई र दृष्टी योञ्जनले गर्नुभएको थियो ।
उक्त पदस्थापन कार्यक्रममा भेलाबाट रोटरीयन सुनिल लुइटेल २०२६ को अध्यक्षमा निर्वाचित हुनुभएको छ । प्रेसिडेन्ट इलेक्टमा डाक्टर सुमन कर्माचार्य, प्रेसिडेन्ट नोमिनरमा रिषिराम दाहाल, भाइस प्रेसिडेन्ट सरिना शाक्य, सेक्रेटरी रुकेश राजभण्डारी, ज्याइन्ट सेक्रेटरी रिषि गौतम, ट्रेजरर पदमा शाक्य, क्लब एडमिन चेयर रुकमणी सिग्देल, मेम्मर प्रोजेक्ट चेयर श्याम तिमल्सिना, पब्लीक इमेज चेयर सोनी बज्राचार्य, टिआरएफ चेयर हिरा शर्मा नेपाल, एसजीएट सर्जीएन्ट आर्मस रघुनाथ घिमिरे, इडीटर महेश कायस्थ रहनुभएको छ ।
