रोटरी क्लब अफ पनौतीको ११ औँ पदस्थापन तथा पद हस्तान्तरण समारोह लोटस इभेन्ट एन्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ । समारोहमा नयाँ नेतृत्वको पदस्थापनसँगै समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई विभिन्न सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरीयन विष्णुबहादुर कार्की प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नवनिर्वाचित अध्यक्ष रोटरीयन राजेश सुन्दर सैंजूलाई प्रमुख अतिथि कार्कीले प्रेसिडेन्ट कलर तथा क्लब चार्टर प्रमाणपत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराउनुभयो । अध्यक्ष सैंजूले आफ्नो कार्यसमितिका नयाँ पदाधिकारी तथा बोर्ड सदस्यहरूलाई शपथ ग्रहण गराउनु भएको थियो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले समुदायमा सामाजिक क्रियाकलाप, अभियानमा रोटरीले योगदान पु¥याएको बताउँदै भन्नुभयो ः स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो । निर्वतमान अध्यक्ष रोटरीयन यतिराज अधिकारीले आफ्नो कार्यकालमा सहयोग पु¥याउने ब्यक्तिहरुलाई मायाको चिनो प्रदान गर्दै आफ्नो कार्यकालमा सम्पन्न सामाजिक कार्यमा टिमका सबै रोटरीयनहरुको सहयोग रहेको बताउनुभयो ।
कार्यक्रममा क्लबका सेक्रेटरी रोटरीयन मनिष भैला र रोटरीयन डा. नारायणचरण श्रेष्ठले स्वागत गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष राजेश सुन्दार सैंजूले आगामी कार्यकालका योजना तथा प्राथमिकताबारे जानकारी दिँदै क्लबका सेवामूलक तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
योगदान गर्नेलाई सम्मान
उक्त कार्यक्तममा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई विभिन्न सम्मान सहित पुरस्कृत गरिएको थियो । नेपाल एनिमल वेलफेयर एन्ड रिसर्च सेन्टर र पनौती–९ का दिवाकर खत्रीको खत्री कृषि फर्मलाई ड्रोन–दुर्गा एनिमल वेलफेयर अवार्ड प्रदान गरिएको थियो । त्यस्तै, देवसुन्दर मेमोरियल एजुकेटर अवार्ड तिर्थदास कर्माचार्यलाई, देवसुन्दर–पुनदेवी पनौती पत्रकारिता अवार्ड नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना र कलाकार अवार्ड पुनम बश्याललाई प्रदान गरिएको थियो ।
कार्यक्रममा नयाँ सदस्यहरूको परिचय सहित सपथ गराईएको थियो । असिस्टेन्ट गभर्नर रोटरीयन राजेश श्रेष्ठले नयाँ सदस्यहरूलाई रोटरी पिन प्रदान गर्नुभएको थियो । रोटरीयन मधुसुदन गुरागाईंले धन्यवाद मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रममा रोटरीयन लिलानाथ सापकोटाले बैठकको विषयहरु प्रस्तुत गर्दै औपचारिक समापन गर्नुभएको थियो । क्लब नं. ८७३९८ अन्तर्गत रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ मा आबद्ध रोटरी क्लब अफ पनौतीले आगामी कार्यकालमा सामाजिक सेवा, समुदाय विकास तथा सेवामूलक गतिविधिलाई निरन्तर दिने जनाएको छ । कार्यक्रममा स्वागत मन्तव्य क्लबका पूर्व अध्यक्ष मणिप्रसादले दिनुभएको थियो ।
