IMG-LOGO

सवारी दुर्घटनामा देवेन्द्रको मृत्यु

 मंगल, भदौ २, २०८३  -

    बनेपा नगरपालिका–७ गोदामचोकमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडी सवार पनौतीका देवेन्द्र बहादुर खत्रीको ज्यान गएको छ । शुभकामना हल अगाडी बनेपा पनौती सडक खण्डमा बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा.३ ख २०१४ नं. को बसले सोही दिशा तर्फ जाँदै गरेको बा.प्र.०२–०४२प १५९९ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडी सवार पनौती नगरपालिका– ८ मल्पी बस्ने वर्ष ६९ का देबेन्द्र बहादुर खत्रीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा १२ः २२ बजे डाक्टरले मृत घोषणा गरेका थिए । स्कुटर चालक पनौती नगरपालिका–८ मल्पी बस्ने ४१ वर्षिय को सन्तोष खत्रीको अवस्था सामान्य छ । बसले पार्किङमा राखिएको बा.५१ प ३२० नम्वरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो । दुवै सवारी साधन र बस प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक पनौती– ३ कुशादेवीका सुरेश सापकोटा इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा छन् । घटना बारे थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्