उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरी, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्नुभएको हो । प्रधानमन्त्री बालेन शाहले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराललाई नियुक्त गर्नुभएको हो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित सिफारिस समितिले मेरिटका आधारमा बरालको नाम सिफारिस गरेको थियो । प्रा.डा. बरालले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरी जापान र न्युजिल्यान्डबाट उच्च शिक्षा तथा विद्यावारिधि हासिल गर्नुभएको हो ।
वहाँको विज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान र वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा पनि छन् । बराल सन् उपप्राध्यापक, सहप्राध्यकप हुँदै प्राध्यापक बन्नुभएको हो । वहाँले केयूमा ऊर्जा, वातावरण, बायोमासबाट ऊर्जा, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, इन्टरनल कम्बसन इन्जिन, हिट एन्ड पावर इन्जिनियरिङलगायत विषय अध्यापन गर्दै आएका छन् । केयूको उपकुलपतिका लागि ३५ जनाको आवेदन परेको थियो । जसमध्ये १० जनाको सूचि सार्वजनिक गरिएको थियो । त्यसमा प्रस्तुतिकरण र अन्तर्वार्ता लिइएको थियो ।
