IMG-LOGO

कवि दुर्गालाल रहनुभएन

 मंगल, भदौ २, २०८३  -

        जनकवि दुर्गालाल श्रेष्ठ हामी माझ रहनुभएन । ९३ वर्षको उमेरमा उहाँको  निधन भएको छ । नेपाल भाषा तथा नेपाली साहित्यका चर्चित स्रष्टा श्रेष्ठको गएराति बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो । काठमाडौंमा जन्मनुभएका कवि लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय रहँदै आउनुभएको थियो । उहाँका कविता तथा गीतमा मानवीय भावना, सामाजिक चेतना र जीवनका विविध पक्ष अभिव्यक्त हुने गरेका छन् ।
    श्रेष्ठको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ नेपाली जनमानसमा लोकप्रिय छ । सरल, भावपूर्ण र मानवीय संवेदनाले भरिएका उहाँका सिर्जनाले नेपाली साहित्य र संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएको छ । नेपाल भाषा र नेपाली दुवै भाषामा कविता तथा गीत लेख्दै साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका श्रेष्ठ नेपाल भाषा साहित्यको विकास र प्रवद्र्धनमा समेत उत्तिकै सक्रिय हुनुहुन्थयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्