IMG-LOGO

स्याउलीथलीमा बोलेरो जीप खस्दा २ को मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार

 मंगल, भदौ २, २०८३  -

    खानीखोला गाउँपालिका– १ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना  घाइते भएका छन् । पनौती–तालढुङ्गा भित्री सडकखण्ड अन्तर्गत स्याउलीथलीमा आज बिहान संख्या नखुलेको बोलेरो गाडी सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । अन्य ५ जना घाइतेलाई उद्धार गरी नजिकैको अस्पतालतर्फ लगिँदैछ । घटनास्थलमा अहिले प्रहरी टोली र एम्बुलेन्स पुगेको र उद्धार तथा अनुसन्धान कार्य जारी रहेको काभ्रे प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुकोमा खानीखोला २ बस्ने वर्ष २४ को अनिता मोक्तान, वडा नं. ४ बस्ने कलकबहादुर माझीको घटनास्थलमै मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइते हुनेहरु बनेपा वडा नं. १४ बस्ने २५ वर्षिय राहुल तामाङ, खानीखोला ३ बस्ने २४ वर्षिय प्रदिप जर्गामगर, खानीखोला ५ बस्ने धनपति रावल, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वर्ष २८ को यसबहादुर तामाङ, चालक घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सेनाको हेलिकप्टरबाट उद्धारका लागि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी र खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सहजीकरण गर्नुभएको थियो । उद्धारको लाग्ने खर्च खानीखोला गाउँपालिकाले व्यहोरेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्