IMG-LOGO

धुलिखेल खानेपानीको अध्यक्षमा ४ जनाको भिडन्त

 मंगल, भदौ २, २०८३  रमेशप्रसाद न्यौपाने    

    धुलिखेल खानेपानी सरसफाई उपभोक्ता समितिको २५ औं साधारण सभा आगामी भाद्र ६ गते हुँदै छ । उक्त साधारण सभामा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । विगत २३ वर्ष देखि निरन्तर खाने पानीमा रहि कार्य गर्दै आउनुभएका २०७९ मा अध्यक्ष भइ जिम्मेवारी समाल्नुभएका कृष्णभुषण खोजु श्रेष्ठ, त्यसैगरी २०६६ मा उपाध्यक्ष र एक पटक यस अघि अध्यक्षको जिम्मेवारी समालेका राजकुमार श्रेष्ठ तखाच्छे, यस अघि ४ वर्ष सचिवको जिम्मेवारी समाल्दै आउनुभएका श्यामदर्शन गणेजु श्रेष्ठ र नयाँ पात्रको रुपमा भने केशवबहादुर खुलाल केसी ४ जना प्रतिस्पर्धामा होमिएर चुनावी मैदानमा उत्रनुभएको छ । धुलिखेल खानेपानीको निर्वाचनमा ४ जनाको भिडन्त हुँदा कस्ले बाजी मार्छ त्यो भने हेर्न बाँकी छ ।
    त्यसैगरी सचिव पदमा दुईजनाको उम्मेदवारी परेको छ । जिवनाथ पराजुली र विन्द्रलाल खोजु श्रेष्ठसँग प्रतिस्पर्धा हुने भएको छ । कोषाध्यक्ष पदमा पनि दुईजनाको उम्मेदवारी परेको छ । प्रभातकुमार श्रेष्ठ र हरिकृष्ण तिमल्सिना बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । वडा गत खुल्ला सदस्य तर्फ अर्जुन बहादुर थापा, वडागत महिला सदस्य तर्फ मादवी केसी, वडा नं. ७ मा महिला सदस्य लक्ष्मी माकजु श्रेष्ठ, त्यस्तैगरी धुलिखेल वडा नं. ८ खुल्ला पदका लागि इन्द्रबहादुर तामाङ, मुकुन्द न्यौपाने सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । वडा नं. ४ खुल्ला सदस्य पदमा किरण रंजीतकार, जयराम थापा, दमोदर प्रसाद गौतम रहनुभएको छ । वडा नं. ४ वडागत महिला सदस्यमा लोककुमारी खरेल, वडा नं. ५ को खुल्ला सदस्य पदमा प्रविण श्रेष्ठ र राधेश्याम श्रेष्ठले उम्मेवारी दिनुभएको छ । वडा नं. ५ वडागत महिला सदस्य पदमा कुमारी तामाङ, शर्मिला जोशी कार्की, वडा नं. ६ वडागत खुल्ला सदस्य पदका लागि दिलहरी माया श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी वडा नं. ७ वडागत खुल्ला सदस्य पदमा निरज खड्का क्षेत्री र श्यामलाल श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । १५ सदस्यको संचालक उपभोक्ता समितिको यस पटकको धुलिखेल खानेपानीको निर्वाचन निक्कै रोचक बन्ने भएको छ । 
    धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष १, सचिव १, कोषाध्यक्ष १, धुनपा–हाल वडा नं. ३, ४, ५, ६, ७ र ८ (साविक वडा नं. १ का वडागत सदस्य खुल्ला ६ र वडागत महिला सदस्य ६ पदका लागि निर्वाचन प्रयोजन मनोनयन दर्ता भएको हो । २०४७ सालमा गठन भएको खानेपानी उपभोक्ता समितिले २५ औं साधारण सभा धुलिखेल सभाहलमा सम्पन्न गर्दै छ । विहान ८ बजेदेखि दिउँसो ४ बजे सम्म मतदानको समय रहेको छ । ३ हजार ४ सय ६० प्रतिनिधि मतदाताले मतदान गर्ने कुरा निर्वाचन समितिका संयोजक गायत्रीरमण घिमिरेले बताउनुभयो ।

५ जना सदस्य निर्विरोध
    धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको भाद्र ६ गते हुने निर्वाचनमा ५ सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । धुलिखेल वडा नं. ३ वडागत खुल्ला सदस्यमा अर्जुनबहादुर थापा, वडागत महिलामा मादवी केसी, वडा नं. ४ वडागत महिला सदस्यमा लोककुमारी खरेल, त्यस्तैगरी वडा नं. ६ वडागत महिला सदस्यमा दिलहरीमाया श्रेष्ठ र वडा नं. ७ वडागत महिला सदस्यमा लक्ष्मी माकजु श्रेष्ठ निर्विरोध निर्वाचित भएको कुरा निर्वाचन संयोजक गायत्रीरमण घिमिरेले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्