IMG-LOGO

चौरीदेउराली गाउँपालिकाले विशेष नागरिक सेवा प्रारम्भ गर्यो

 मंगल, सावन १९, २०८३  -

    राजधानी काठमाण्डौ उपत्यकामा अस्थायीरुपमा बसोबास गर्दैै आएका आफ्ना नागरिकहरुलाई चौरीदेउराली गाउँपालिकाले विशेष सेवा प्रारम्भ गरेको छ । गाउँपालिकाका अध्यक्ष तथा संविधानसभा सदस्य रेणुका चौँलागाईको विशेष पहल र वडा अध्यक्षहरूको समन्वयमा, सामाजिक सुरक्षा परिचय पत्र नवीकरणको घुम्ती सेवा काठमाडौँमा प्रारम्भ गरेको छ ।
    गाउँपालिकाको पञ्जिकरण शाखाका कर्मचारीहरू र गाउँपालिकामा कार्यरत अन्य कर्मचारीहरूको सहभागितामा प्रारम्भ भएको यो सेवा विशेष गरी गाउँपालिका फर्कन असमर्थ अशक्त र ज्येष्ठ नागरिकहरूलाई लक्षित गरिएको छ । काठमाडौँ, भक्तपुर, ललितपुरका साथै बनेपा र धुलिखेलमा बसोबास गरिरहेका चौरीदेउराली गाउँपालिकाका स्थायी बासिन्दाहरूले यस सेवाबाट लाभ लिन सक्नेछन् । यो सेवा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म उपलब्ध रहने पालिकाले जनाएको छ । नवीकरणका लागि काठमाडौँको पेप्सिकोलास्थित ‘स्टार फुड एण्ड बैंक्वेट’ मा स्थान तोकिएको छ ।
    गाउँपालिका अध्यक्ष रेणुका चौँलागाईले यो पहललाई गाउँपालिकाले आफ्ना नागरिकहरूको सेवालाई महत्व दिएको बताउनुभयो । ज्येष्ठ नागरिक र अशक्तहरूलाई मध्यनजर गरेर हामीले उहाँहरूको घरदैलोमै सेवा पुर्याउने प्रयास गरेका हौँ’ भन्नुभयो । घुम्ती सेवाले सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्न चाहने नागरिकहरूलाई लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्ति दिनेछ र उनीहरूको समय तथा श्रम बचत गर्ने विश्वास गरिएको छ । गाउँपालिकाले काठमाडौँ उपत्यकामा रहेका आफ्ना नागरिकहरूलाई यो अवसरको लाभ उठाउन र तोकिएको समय र स्थानमा उपस्थित भई आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्न आग्रह गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्