IMG-LOGO

चैतन्य क्याम्पसको प्रमुखमा घिमिरे, शैक्षिक प्रशासनमा मानन्धर

 मंगल, सावन १९, २०८३  -

                चैतन्य बहुमुखी क्याम्पस बागमती विश्वविद्यालयको आंगिक क्याम्पसमा चैतन्य क्याम्पसको रुपमा रुपान्तरण भएसँगै नयाँ व्यवस्थापनका साथ संचालन भएको हो । बागमती विश्वविद्यालय हेटोडाले गत श्रावण ६ गते प्राध्यापक टिकाराम घिमिरेलाई चैतन्य क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त गरेको छ । त्यसैगरी यस अघि चैतन्य बहुमुखी क्याम्पसको क्यामपस प्रमुखको जिम्मेवारी समाल्दै आउनुभएका शिक्षा सेवी जुजुभाई मानन्धरलाई शैक्षिक प्रशासन इकाई प्रमुखमा नियुक्त गरेको छ । २०५० सालदेखि शिक्षण सेवामा लाग्नुभएका क्याम्पस प्रमुख घिमिरेले काठमाण्डौ विश्वविद्यालयबाट म्याथम्याटीक्स विषयमा एमफिल गर्नुभएको छ । उहाँ चैतन्य बहुमुखी क्याम्पसमा २०५४ सालदेखि शिक्षण सिकाइमा लाग्नुभएको शैक्षिक व्यक्तित्व हुनुहुन्छ । त्यस्तैगरी चैतन्य बहुमुखी क्याम्पसको निवर्तमान क्याम्पस प्रमुखको जिम्मेवारी समाल्नुभएका मानन्धर विगत ४३ वर्षदेखि शिक्षण सेवामा लाग्नुभइ आप्mनो उर्जासिल समय व्यतित गर्नुभएको शैक्षिक व्यक्तित्व हुनुहुन्छ । उहाँले पनि काठमाण्डौं विश्वविद्यालयबाट म्याथम्याटीक्स विषयमा एमफिल गर्नुभएको छ । २०४८ सालमा स्थापना भएको चैतन्य बहुमुखी क्याम्पस २०८२ पुष २६ गते बागमती विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा सौम्झौता गरी नयाँ प्राविधिक विषयहरु संचालन गरेको छ । नयाँ प्राविधिको विकास, विश्व बजारको मागलाई मध्यनजर गरी स्नातक तहमा नयाँ कार्यक्रम BBA, BIT र LLB संचालन गरिएको कुरा निवर्तमान क्याम्पस संचालक समिति अध्यक्ष राजभाई मानन्धरले जनाउनुभयो । यस अघि क्याम्पसले कक्षा ११, १२, व्याचलर लेवल, BEd र स्नातकोत्तर तह सम्म अध्यापन गराउँदै आएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्