IMG-LOGO

डिष्ट्रिक्ट ३२५ आईको क्याबिनेट पदस्थापन तथा प्रथम क्याबिनेट बैठक सम्पन्न

 मंगल, सावन १९, २०८३  -

                काठमाडौं, लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपाल अन्तर्गत लायन वर्ष २०२६/०२७ को क्याबिनेट अफिसर्स पदस्थापन तथा प्रथम क्याबिनेट बैठक (Cabinet Officers' Installation & 1st Cabinet Meeting) शनिबार काठमाडौं स्थित नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा करिब १,३०० भन्दा बढी लायन्स सदस्य तथा पदाधिकारीहरूको सहभागिताबीच भव्य र गरिमामय रूपमा सम्पन्न भएको छ ।

                डिष्ट्रिक्ट गभर्नर ८८ लायन सूर्यकुमार के.सी. ८८ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर लायन राजन लम्साल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । प्रमुख अतिथि लम्सालले नवनियुक्त डिष्ट्रिक्ट क्याबिनेट पदाधिकारीहरूलाई औपचारिक रूपमा पदस्थापन गराउँदै सेवा, नेतृत्व, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । उहाँले लायन्सको आदर्श वाक्य “We Serve” लाई व्यवहारमा उतार्दै समाजका विपन्न, असहाय तथा आवश्यकतामा रहेका समुदायसम्म सेवाका कार्यक्रम प्रभावकारी रूपमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्व इन्टरनेशनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, विभिन्न डिष्ट्रिक्टका गभर्नरहरू, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू, क्याबिनेट पदाधिकारीहरू, रिजन तथा जोन चियरपर्सनहरू, क्लब अध्यक्षहरू तथा देशभरबाट आएका लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

                प्रथम क्याबिनेट बैठकमा लायन वर्ष २०२६/०२७ का वार्षिक नीति तथा कार्यक्रम, सेवा अभियान, सदस्यता विस्तार, नेतृत्व विकास, एलसीआईएफ (LCIF) अभियान, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूबारे विस्तृत छलफल भएको थियो । बैठकले आगामी वर्षभर सञ्चालन गरिने सेवामूलक गतिविधिलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

                अध्यक्षीय मन्तव्यका क्रममा डिष्ट्रिक्ट गभर्नर ८८ लायन सूर्यकुमार के.सी. ८८ले सम्पूर्ण लायन्स सदस्यहरूलाई एकताबद्ध भएर मानव सेवाको अभियानलाई थप सशक्त बनाउन आग्रह गर्नुभयो । उहाँले डिष्ट्रिक्ट ३२५ आईलाई सेवा, नेतृत्व, नवप्रवर्तन र संगठनात्मक सुदृढीकरणका माध्यमबाट उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन क्याबिनेट सेक्रेटरी लायन अनुज कुमार श्रेष्ठले गर्नुभएको थियो । उहाँले कार्यक्रमलाई व्यवस्थित, समयानुकूल र प्रभावकारी रूपमा सञ्चालन गर्नुभएको सहभागीहरूले बताएका थिए ।

                भव्य सहभागिता, उच्च उत्साह र सेवाप्रतिको दृढ प्रतिबद्धतासहित सम्पन्न भएको यस कार्यक्रमले डिष्ट्रिक्ट ३२५ आई, नेपालको नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुका साथै आगामी कार्यकालमा मानव सेवा, नेतृत्व विकास, संगठन विस्तार र सामाजिक उत्तरदायित्वका अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्