IMG-LOGO

विपीडब्लुले गर्यो अटिजम सम्बन्धी सचेतनामुलक कार्यक्रम

 मंगल, सावन १९, २०८३  -

    बनेपा/बिजनेस एण्ड प्रोफेशनल विमेनको आयोजनामा अटिजम सम्बन्धी सचेतनामूलक कार्यक्रम अर्किड इन्टरनेशनल एकेडेमीमा सम्पन्न भएको छ । विद्यार्थी र शिक्षकहरुलाई अटिजम बारे जानकारी दिदै अटिजम भएका बालबालिकाप्रति सकारात्मक दृष्टिकोण, सम्मान र समावेशी व्यवहारको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईएको छ । कार्यक्रममा अटिजम भनेको के हो, यसको प्रारम्भिक संकेतहरू, अटिजम भएका बालबालिकाको सिकाइ तथा व्यवहारगत विशेषता, उनीहरूलाई विद्यालय तथा परिवारबाट प्रदान गर्नुपर्ने सहयोग र समावेशी शिक्षाको महत्वका विषयमा जानकारी दिइएको थियो । वक्ताहरूले अटिजम कुनै रोग नभई विशेष अवस्था भएकाले समयमै पहिचान, उचित सहयोग र सकारात्मक व्यवहारबाट उनीहरूको क्षमता विकास गर्न सकिने बताएका थिए । सहभागी विद्यार्थीहरूले अटिजम भएका व्यक्तिप्रति हुने विभेद अन्त्य गर्न, उनीहरूलाई समान अवसर प्रदान गर्न तथा सहयोगी वातावरण निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।
    कार्यक्रममा अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो, जहाँ विद्यार्थीहरूले जिज्ञासा राख्दै अटिजम सम्बन्धी विभिन्न विषयमा जानकारी प्राप्त गरेका थिए । बिजनेस एण्ड प्रोफेशनल विमेन बनेपाले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा अटिजमप्रति रहेको भ्रम हटाउन, समावेशी समाज निर्माण गर्न तथा विशेष आवश्यकता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा ग्रीन वल्र्ड नेपालका एमडी बिनोद गिनी, रिच भिजनका अध्यक्ष केशव रेग्मी, लायन्सकी पुर्व अध्यक्ष सरिता पलाञ्चोके, अर्किड इन्टरनेशनल एकेडेमीका सञ्चालक समितिका उपाध्यक्ष रोशन श्रेष्ठ, व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राधा कायस्थ संस्थापक प्रिन्सिपल अनिता प्रजापति, शिक्षकहरु र विद्यार्थीहरु र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्