IMG-LOGO

बिन्धवासिनीको समिक्षा र रणनीतिक कार्याशाला गोष्ठी

 मंगल, सावन १९, २०८३  राजेन्द्र श्रेष्ठ

    बनेपा । बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लिले गत आर्थिक वर्ष २०८२।०८३को वार्षिक समिक्षा तथा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गर्ने उदेश्यले रणनीतिक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ । गत श्रावण १६ गते शनिबार समिक्षा गोष्ठी र १७ गते आइतबार रणनीतिक कार्यशाला गोष्ठी आयोजना गरी सहकारीले विगतमा भएका सबल पक्ष, कमजोर पक्ष, अवसर र चूनौतीका बारेमा विश्लेषण गरेको थियो भने कार्याशाला गोष्ठीले आगामी बजेट तथा कार्यक्रम तर्जुमा गर्न रणनीति तथा कार्ययोजना परिमार्जन गर्दै दिशानिर्देश गरेको थियो । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा र सल्लाहकार प्रदिप थापाको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कोषाध्यक्ष भिमबहादुर केसीले भावी रणनीति र कार्ययोजनामा समावेश गर्नु पर्ने मूख्य विषयहरु र प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङ्तानले समिक्षा गोष्ठीको निष्कर्ष र कार्ययोजनामा समेटिने विषयबस्तुका बारेमा प्रकाश पार्नु भएको थियो ।
    संस्थाका सचिव डोरेन्द्रराज सापकोटाले संचालन गर्नु भएको कार्यक्रममा संचालक सदस्य तथा स्वास्थ्य तथा सदस्य कल्याण उप समितका संयोजक लोकदर्शन कर्माचार्य, संचालक सदस्य तथा लघुवित्त उप समितिका संयोजक पुनम घिमिरे कार्की, सेवा कार्यालय व्यबस्थापन उप समितिका संयोजकहरु खोपासीका अच्युतप्रसाद गुरागाई, बनेपाका मोहनप्रसाद होमागाई, पनौतीका रमेशप्रसाद जंगम, ढुंर्खकका गणेशबहादुर तिमल्सिना, पाँचखालका दिनेशप्रसाद अधिकारी, भकुण्डेका रामशरण श्रेष्ठ र बानेश्वरमा अनन्त तिमल्सिनाले आ–आफ्नो क्षेत्रको प्रगति र भावी कार्यक्रमका बारेमा बोल्नु भएको थियो ।
    नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे, ऋण विभागका प्रमुख अमित राजकर्णिकार, सदस्य सेवा विभागका सुदर्शन घिमिरे, लघुवित्त महाशाखा प्रमुख राजेन्द्र श्रेष्ठले विभागिय प्रस्तुती र भावी रणनीति र कार्ययोजना प्रस्तुत गर्नु भएको गोष्ठीमा सेवा कार्यालयका व्यबस्थापकहरु खोपासीका राजेश कार्की, बनेपाका मित्रप्रसाद दाहाल, पनौतीका रामचन्द्र थापा, ढुंखर्कका अनिल पहरी, पाँचखालका सुरज अधिकारी, भकुण्डेका प्रविण धिताल र बानेश्वरका बलराम अधिकारीले आ–आफ्नो कार्यालयको गत आर्थिक वर्षको प्रगति र चालु आव २०८३।०८४ र आगामी आर्थिक वर्ष २०८४।०८५को परिमार्जित बजेट तथा कार्यक्रम र रणनीति कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
    बिन्धबासिनी वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा ६१ हजार एक सय ५६ शेयर सदस्य र १२ हजार ६ सय पाँच बाल बचत कर्ता गरि ७३ हजार सात सय ६१ जना सदस्यलाई सेवा दिई ५३ करोड ४७ लाख ६९ हजार शेयर पूँजी, चार अर्व ३५ करोड १६ लाख ७२ हजार वचत रकम, संस्थागत पूँजी ४० करोड ९५ हजार र ऋण लगानीमा बाँकी तीन अर्व ६१ करोड ७९ लाख ४६ हजार भई कुल सम्पत्ति पाँच अर्व, ६३ करोड, २८ लाख ५७ हजार पुगेको जानकारी दिएको छ । संस्थाले गत आर्थिक वर्षमा आफ्ना सदस्यहरु सदस्य सुरक्षण राहत कार्यक्रम अन्तर्गत एक हजार नौ सय ५३ जना सदस्यलाई एक करोड, ६७ लाख ८० हजार निःशुल्क वितरण गरेको समेत जानकारी गराएको थियो । संस्थाको सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत सदस्यहरलाई स्वास्थ्य उपचार सुविधा, पारिवारिक मृत्यु राहत, सदस्य मृत्यु राहत, प्राकृतिक प्रकोप राहत, नवजात शिसु राहत र विशेष उपचार सुविधा निःशुल्क प्रदान गर्दै आएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्