IMG-LOGO

काभ्रे मोबाइल व्यवसायी संघमा नयाँ नेतृत्व

 मंगल, सावन १९, २०८३  -

    काभ्रे मोबाइल व्यवसायी संघको प्रथम साधारणसभा एवं अधिवेशनले मोबाइल व्यवसायी मधुर दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । शनिबार धुलिखेलमा सम्पन्न भएको अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा पूर्णराम तुलाधार, सचिवमा पवनराज कर्णजित, कोषाध्यक्षमा दामोदर चौलागाईं, सह–सचिवमा उत्सव ढुंगाना, सह–कोषाध्यक्षमा बेदप्रसाद तिमल्सेना निर्वाचित गरेको हो । त्यस्तै सदस्यहरूमा सन्दिप अधिकारी, दिवाकर अधिकारी र प्रतिमा पौडेल सापकोटा चयन हुनुभएको छ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेशकुमार घिमिरेको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका महासचिव छतेन्द्र आचार्य, बागमती प्रदेश अध्यक्ष एशिस रिजाल, नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, बि.एन. ट्रेडर्सका सञ्चालक विष्णु न्यौपाने, काठमाडौं जिल्ला अध्यक्ष जनक बस्नेत लगायत व्यवसायिहरुको सहभागिता रहेको थियो । नवनिर्वाचित अध्यक्ष दाहालले मोबाइल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने तथा प्रविधिसँगै अघि बढ्ने वातावरण निर्माणमा संघले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्