धुलिखेल–८ बडाल गाउँ, श्रीजनचेतना युवा समूह, युट्रन ईन्टरनेसनल प्रा.ली. र एपी नेचर थेरापी बनेपाको आयोजनामा शनिबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भयो । वडा अध्यक्ष बिनोद गौतमको प्रमुख आतिथ्यता भएको शिविरमा जनचेतना युवा समुहका पुर्ब अध्यक्षहरु उद्द्बप्रसाद बडाल, साधुराम बडाल र रमेश्प्रसाद न्यौपाने, प्रा.लि.का देबेन्द्र सुवेदी नानुराम कार्की लगायतको सभागिता रहेको थियो । डाक्टर आयुसा अधिकारीले स्वास्थ्य परिक्षण गर्नुभएको शिबिरमा स्वास्थ्यकर्मी रुकु बजगाईले समन्वयकारी भुमिका निभाउनु भएको थियो । स्थानीय कृष्ण भुजेलका अनुसार ३५ जनाले स्वास्थ्य सेवा लिनुभएको जनाउनुभयो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रमेशप्रसाद बडालले गर्नु भएको थियो ।
