IMG-LOGO

गुरुकुल स्कुलमा चोरी गरेको आरोपमा २५ वर्षीय प्रेम पक्राउ

 मंगल, सावन ५, २०८३  -

    बनेपा, गोसाइँस्थान क्षेत्रमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका अनुसार असार ३२ गते रातिको समयमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६, गोसाइँस्थानस्थित एक संस्कृत गुरुकुलमा भएको चोरी घटनाको अनुसन्धानका क्रममा सिसिटिभी फुटेजका आधारमा एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–४, बाँसघारी निवासी २५ वर्षीय प्रेम मगर रहेका छन् । प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । चोरी घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्