प्रजातान्त्रिक आन्दोलनका योद्धा, सहकारी अभियानकर्मी मण्डनदेउपुरका दीपकप्रसाद पौडेलको ८ औं कृति सार्वजनिक भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस र मण्डनदेउपुर नामक पुस्तक लेखक पौडेलद्वारा प्रकाशनमा ल्याउनुभएको हो ।
वि.सं. २००३ साल आस्विनमा भारतको काँसीमा गठन भएको अखिल भारतीय नेपाली कांग्रेसको सभापति कुशादेवी विहाबरका देवीप्रसाद सापकोटा, सुवर्ण शम्सेरको नेतृत्वमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेसको केन्द्रीय समितिमा रहनुभएको भिमभक्त मान सिंह बस्न्यात, काठमाण्डौंका सुन्दरराज चालिसे, प्रजातान्त्रीक आन्दोलनका योद्धाहरु बनेपाका राजदास बादे, हंसराज श्रेष्ठ, हर्षलाल ख्याखल, भैरवबहादुर श्रेष्ठ नाला, धनदास बादे श्रेष्ठ, द्वारीका उप्रेती, भरतराज श्रेष्ठ, सप्तलाल ताम्राकार, माधवप्रसाद कँडेल, द्वारीकादास कर्माचार्य पनौती, शिवप्रसाद हुमागाइ, गोपादास बादे, राजेन्द्र खरेल, इन्द्रमणी अधिकारी, मधुप्रसाद आचार्य, तिर्थबहादुर लामा, तिर्थ पसखल, उद्धव कोइराला, कुमार लामिछाने, विष्णु भुर्तेल, बाबुरत्न श्रेष्ठ, चन्द्रलक्ष्मी ताम्राकार, इन्द्रकुमारी खड्का, सुन्दरमणी आचार्य, माधव ढकाल, राजेश लामा, अच्यूद पौडेल लगायत काभ्रे जिल्लाबाट प्रतिनिधित्व गरी लोकतन्त्र स्थापनाका लागि योगदान गरेको विषयमा चर्चा गरिएको छ । त्यस्तैगरी मण्डनदेउपुर नगरपालिका भित्र रहेर जनप्रतिनिधिको भूमिका निर्वाह गरी नागरिकहरुको सेवा गरेका निर्वाचनमा उम्मेदवार बनेका र विजयी भएकाहरुको नाम समेटीएको छ । काभ्रे जिल्लाबाट कांग्रेसबाट उम्मेदवार बनी विजयी भएका संघ, प्रदेश र स्थानीय तहका विगत देखि वर्तमान समयका जनप्रतिनिधिहरुको अभिलेखिकरण पुस्तकमा समेट्न बाँकी रहेको छ । राणा शासन, निरंकुश राजतन्त्र, पञ्चायती व्यवस्थाको कुशासनको विरुद्धमा, २०४६ सालको जन आन्दोलन, राजतन्त्रको अन्त्य गर्न २०६२÷०६३ को जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था ल्याउन आन्दोलनमा होमिएका अघिकांश नेताहरुको नामहरु समावेश भएको छ । २००७ साल देखि हाल सम्म नै पार्टीैमा लागेर देश र जनताका लागि योगदान गरेका ग्रामीण दुर दराजका कार्यकर्ता, भुइमान्छेहरुको कथा, महिला नेतृत्वको भूमिका कस्तो रहयो त्यसको समेत पुस्तकमा अभिलेखिकरण गरेको भए कांग्रेसी जनमा नै थप उर्जा थपिन्थ्यो । सहकारी अभियान अनुभव र अनुभूति, पौडेल, बंशावली, किसान संघको ऐतिहासिक पृष्ठभूमि, विकास र आन्दोलन, बा–आमाको सम्झना, त्यसैगरी नेपाली कांग्रेस र मण्डनदेउपुर नामक पुस्तक लेखक पौडेलले प्रकाशनमा ल्याउनुभएको हो । तत्कालीन माओवादी शसस्त्र युद्धबाट मरिएका कांग्रेसका कार्यकर्ताको अभिलेखिकरण गरिएको छ । उक्त पुस्तकमा तत्कालिन राज्य पक्षबाट र माओवादी दुबैबाट वेपत्ता भएका, मरिएकाहरुको अभिलेखिकरण भने हुन बाँकी रहेको छ । लेखक पौडेलले काभ्रे जिल्लाका १३ वटै पालिकाको कांग्रेसको ऐतिहासिक पृष्टभूमि कांग्रेसबाट जनप्रतिनिधिको उम्मेदवार भएका, निर्वाचित भएका, प्रजातान्त्रीक आन्दोलनमा योगदान गरेकाहरुको परिचय प्रकाशन गर्न प्रोत्साहित गर्नका लागि लेखक दीपकप्रसाद पौडेलको उक्त पुस्तक महत्वपूर्ण ऐतिहासिक अभिलेखीकरण सावित हुनेछ ।
