IMG-LOGO

हेलिकप्टरबाट उद्धार हुन नसकेकी पैदलयात्राबाट नै गर्भवती सानुमाया उद्धार, शल्यक्रियाबाट छोरा जन्मियो

 मंगल, असार ३०, २०८३  -

    गाउँको कुना कन्दरा, दुरदराजको क्षेत्रमा नागरिकहरुले कसरी कस्टकर जीवन भोगेर जीवन यापन गर्न बाध्य छन् भन्ने उदाहरण डाडापारी क्षेत्रको खानीखोला गाउँपालिकाकी गर्भवती सानुमाया लोप्चन सत्केरी हुन नसक्दा अस्पताल आउँदाको क्षणलाई नियाल्न सकिन्छ ।
    रामेश्वर (सागर) आचार्य प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार हुन नसकेपछि खानीखोला गाउँपालिका–६ की गर्भवती सानुमाया लोप्चनलाई स्थानीयवासीले जोखिमपूर्ण पैदल यात्रामार्फत अस्पताल ल्याई पु¥याएका छन् । करिब ९ घण्टाको कठिन उद्धार यात्रापछि अस्पताल ल्याइएकी लोप्चनको शल्यक्रिया गरी सुरक्षित सुत्केरी गराइएको छ ।
    जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख रागिश्री कक्षपति श्रेष्ठले भन्नुभयो ः शल्यक्रियापछि लोप्चनले छोरालाई जन्म दिनुभएको छ । आमा र नवजात शिशु दुवैको अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । नवजात शिशुलाई केही दिन नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा राखेर उपचार गरिने जनाइएको छ ।
    खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले प्रतिकूल मौसमका कारण शनिबारदेखि हेलिकप्टर उडान सम्भव नभएपछि हवाई उद्धारको प्रयास असफल भएको जनाउनुभयो । त्यसपछि स्थानीयवासीले गर्भवतीलाई पालैपालो बोकेर सडक सञ्जाल पुगेको स्थानसम्म ल्याएका थिए । गाउँपालिकाको समन्वयमा त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल पु¥याइएको जनाउनुभयो । अध्यक्ष थिङले उद्धार कार्यमा खटिएका स्थानीयवासी, स्वास्थ्यकर्मी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै विकट भौगोलिक क्षेत्रका नागरिकको जीवन रक्षा गर्न राज्यका उपलब्ध सबै स्रोत–साधनको अधिकतम उपयोग गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्