IMG-LOGO

मितेरी छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

 मंगल, असार ३०, २०८३  -

    मितेरी छात्रवृत्ति कोष, बनेपाद्वारा सञ्चालित रामभक्त कोख श्रेष्ठ स्मृति छात्रवृत्ति कार्यक्रम अन्तर्गत काभ्रे जिल्लाका विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्दै गरेका जेहन्दार तथा गरिव १० जना छात्रछात्रालाई शैक्षिक सत्र २०८३ को लागिप्रति विद्यार्थी रु. १०,०००।– का दरले छात्रवृत्ति वितरण गरियो । ती विद्यार्थीहरुलाई कक्षा १ देखि नै यस कोषबाट छात्रवृत्ति वितरण गर्दै आएको छ । शनिबार एक कार्यक्रम बीच सम्पन्न गरेको कुरा नेपाल हृदयरोग प्रतिष्ठानका अध्यक्ष टिकाभक्त भोछिभोयाले जानकारी दिनुभयो ।
    यस्तै गत महिना शैक्षिक सत्र २०८३ को लागि कक्षा १ देखि १० सम्म अध्ययनरत ३६ वटा विद्यालयका १२१ विद्यार्थीहरुलाई शैक्षिक सामग्री, पोशाक खर्च, विद्यालय खर्च वितरण गरिएको थियो । यस कोषले विगत ३८ वर्षदेखि निरन्तर रुपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । यसका साथै महिला समूह बनेपाद्वारा संचालित शिशु स्याहार केन्द्रको लागि पनि आर्थिक सहयोग प्रदान गरियो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्