IMG-LOGO

चैतन्य क्याम्पसको नतिजा शतप्रतिशत

 मंगल, असार २३, २०८३  -

                बनेपा÷बागमती विश्वविद्यालयले परीक्षा प्रणालीमा शैक्षिक स्तरीयता कायम गर्दै आफू अन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्तामा मंगलबार नतिजा प्रकाशित गरेको छ । बागमती प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेशकै पहिलो विश्वविद्यालय, बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालित चैतन्य क्याम्पसले बागमती विश्वविद्यालय अन्र्तगत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । गत असार ९ गते सम्पन्न भएको प्रथम परीक्षाको नतिजा असार १६ गते मंगलबार प्रकाशित भएकोमा चैतन्य क्याम्पसका बीआइटी तर्फका विद्यार्थीहरु शतप्रतिशत उत्तीर्ण भएका छन् भने बी.एडतर्फका विद्यार्थीहरु ९५ प्रतिशत भएका छन् । उक्त परीक्षामा चैतन्य क्याम्पसबाट बीआइटी प्रथम सेमेष्टरमा ८ जना र बी.एड. प्रथम सेमेष्टरमा २० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

                बागमती विश्वविद्यालयको उत्कृष्ट पाठ्यक्रम, विद्यार्थी केन्द्रित, प्रोजेक्ट बेस पठन पाठन, उच्चतम् विद्यार्थी सक्रियता, प्रविधिमैत्री शिक्षण, चुस्त व्यवस्थापन, शिक्षण सिकाई र सक्षम शिक्षक वर्गको मेहेनतले प्रत्येक विद्यार्थीको पठनपाठनमा गरिएको प्रत्यक्ष निगरानी पृष्ट पोषणले नै उक्त नतिजा प्राप्त भएको कुरा क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले बताउनु भयो । कम शुल्कमा उत्कृष्ट शैक्षिक गन्तव्य बनेको चैतन्य क्याम्पसमा शैक्षिक सत्र २०८३ का लागि बी.एड., बीबीए र बीआइटी प्रथम सत्रमा भर्ना खुलेको मानन्धरले बताए । क्याम्पस प्रमुख जुजुभाई मानन्धरले बदलिँदो सामाजिक अवस्था, बजारको माग र विद्यार्थीहरूको रुचीलाई मध्यनजर गर्दै नयाँ शैक्षिक कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उनका अनुसार हाल स्नातक तहमा बीआईटी र बीएड (सेमेस्टर प्रणाली) का कक्षाहरू सञ्चालनमा रहेका छन् भने आगामी शैक्षिक सत्रदेखि BBA तथा LLB कार्यक्रम थप सञ्चालन गरिने बताए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्