भुम्लु गाउँपालीकाले एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप जनही एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गरी सम्मान गरेको छ । साथै, जग्गाधनी पुर्जा निर्माणका लागि महत्वपूर्ण योगदान पु¥याउने सम्बन्धित कर्मचारीहरू, पालिका कर्मचारीहरू, उत्कृष्ट शिक्षक तथा उत्कृष्ट प्रधानाध्यापकहरूलाई समेत सम्मान गरेको छ । मेहनत र समर्पणको कदर गर्दै अझ राम्रो कार्य गर्न सबैलाई प्रेरित गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरिएको पालिका अध्यक्ष प्रेम भुजेलले बताउनुभयो ।
