पोर्टेज तथा पुनस्र्थापन संस्था नेपालको प्राबिधिक सहयोगमा १ दिने अपाङ्गता सम्बन्धी सचेतना अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो । प्रभात मा.बि.का सहायक प्र.अ. जगन्नाथ दाहालको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा प्रभात मा.बि.मा अध्ययणरत बिद्यार्थीहरु सहभागिता रहेको थियो । कार्यक्रम संचालनको महत्वबारे संस्थाका निर्देशक मणिराज श्रेष्ठले सहभागिहरुलाई जानकारी गराउनुभयो ।
कार्यक्रको उद्देश्य, अपाङ्गताको परिभाषा, अपाङ्गताको वर्गिकरण, अपाङ्गता हुन सक्ने कारण तथा अपाङ्गता न्यूनिकरणका उपायहरुका वारेमा संस्थाका प्राबिधिक सहयोगी शान्तलाल श्रेष्ठले जानकारी गराउनुभयो साथै संस्थाको परिचय, संस्थाले हाल सम्म संचालन गरिरहेका कार्यक्रमहरु, अपाङ्गता भएका व्यक्तिहरुलाई सम्वोधन गर्ने मर्यादित र सरल शब्दहरु, अशक्तताको आधारमा अपाङ्गताको वर्गिकरण र अपाङ्गता परिचय कार्ड र पाउने सेवा सुविधाका वारेमा संस्थाका सचिब श्री वलराम दाहालज्यूले प्रकाश पार्नु भयो ।
कार्यक्रको शुभारम्भ विद्यालयका सहायकप्र.अ. जगन्नथ दाहालकले गर्नुभयो । शुभारम्भका क्रममा उहाँले समाजमा भएका कुनैपनि व्यक्तिहरुवलाई अवहेलित शब्द प्रयोग गर्ननहुने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समाज तथा परिवारमा स्वतन्त्रता पूर्वक जीवनयापन गर्ने वातावरण मिलाई सहयोग गर्नुपर्ने बताउनुभयो । बालबालिकाहरुको समस्यालाई समयमै पहिचान गरी सेवा प्रदानगर्न सकेमा बालबालिकाहरुमा सुधारआउने र थप अपाङ्गता हुनबाट वचाउन सकिने कुरा वताउनुभयो । संस्थाका सचिव बलराम दाहालले विद्यालयलाई मायाको चिनो स्वरुप पोर्टेज प्रारम्भिक शिक्षा कार्यक्रम चेकलिष्ट प्रदान गरेको थियो ।
