IMG-LOGO

एम्नेष्टी ४३ समूह बनेपाको ३५ औं सभा

 मंगल, असार २३, २०८३  -

    एम्नेष्टी इन्टर नेसनल नेपाल समूह ४३ बनेपाको ३५ औं साधारण सभा कायस्थ वैन्क्वेट बनेपामा सम्पन्न भयो । बनेपा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि संस्थापक संयोजक राजु सरकार, अतिथि – अधिवक्ता कृष्णप्यारी नकर्मी, सभापति विश्वमायाध्वजु श्रेष्ठ, पूर्व केन्द्रिय कोषाध्यक्ष हिरा शर्मा नेपाल, प्रमुख सल्लाहकार, पूर्व संयोजक सल्लाहकारहरु, कार्य समिति परिवार र समूह ४३ का सदस्यहरु माझ संस्थाको ३५ औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिवेदन, आय व्यय, आगामी वर्षको कार्ययोजना छलफल गरी पारित गरिएको थियो । टीकाभक्त भोछिभोया निर्वाचन अधिकृत रहेको समितिले वुद्धरत्न मानन्धरको संयोजकत्वमा नौ सदस्य नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । जसको उपसंयोजकमा देवी गौतम, सचिव रमेशकुमार रंजित, सहसचिव सुरज केसी धिताल, कोषाध्यक्ष प्रेमादवाडी रंजित, सदस्यहरुमा राजु शाक्य, श्यामकाजी मानन्धर र सुनिता गिरी, मनिकुमार श्रेष्ठ रहनुभएको छ । सभाले क्षेत्रिय प्रतिनिधि २ जना छनोट पनि गरेको छ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्