IMG-LOGO

काभ्रे इङ्गलिस स्कुलको सम्मान तथा बिदाई

 मंगल, असार २३, २०८३  -

    काभ्रे इङ्गलिस माध्यमिक विद्यालय पनौतीले एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान÷बिदाई गर्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई शनिबार भब्य कार्यक्रमका बिच स्वागत गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाको सभापतित्व एवं श्रीमेहर गणका योजना अधिकृत तथा सेनानी कृष्णबहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले  गुणस्तरीय शिक्षा, नैतिक मूल्य र अनुशासन बाटै सक्षम, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित नागरिक निर्माण सम्भव हुने बताउँदै विद्यार्थीहरूलाई निरन्तर अध्ययन, आत्मविश्वास र उच्च लक्ष्यका साथ अघि बढ्न प्रेरित गर्नुभयो । विशिष्ट अतिथि पनौती नगरपालिका शिक्षा शाखाका स्रोतव्यक्ति महेश्वर जङ्गमले एसईईमा उत्कृष्ट सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । 
    विद्यालयका प्रिन्सिपल वसन्तराज नेपालले आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ विद्यालय अघि बढिरहेको जानकारी दिनुभयो । कार्यक्रमका अवसरमा एसईई २०८२ मा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिनुका साथै विद्यालयको उत्कृष्ट नतिजामा महत्वपूर्ण योगदान पु¥याउने कम्प्युटर विषयका शिक्षक सरोज कार्की र अंग्रेजी विषयकी शिक्षिका निर्मला राउतलाई सम्मान गरिएको थियो । कार्यक्रमका सभापति जगन्नाथ अवाले विद्यालयको निरन्तर शैक्षिक प्रगतिमा शिक्षक, अभिभावक, विद्यार्थी तथा व्यवस्थापनबीचको समन्वय र सहकार्य भएको उल्लेख गर्नुभयो । विद्यार्थीहरूले विभिन्न  सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेको उक्त कार्यक्रम, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, पूर्वविद्यार्थी तथा शिक्षाप्रेमीहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्