IMG-LOGO

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा स्वागत तथा विदाई कार्यक्रम

 मंगल, असार २३, २०८३  -

    काभ्रेको बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा १२ को अध्ययन सम्पन्न गरेका विद्यार्थीलाई विदाई तथा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रम शनिबार सम्पन्न गरेको छ । “शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि” भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको प्रतिष्ठानले विद्यार्थीमा नैतिक, व्यावहारिक र व्यावसायिक शिक्षासँगै नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा अतिरिक्त क्रियाकलापप्रति अभिरुचि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
    प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक प्रिन्सिपल नमराज दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । व्यवस्थापन समिति सदस्य आत्माराम थापाले विद्यार्थीलाई टीका, खादा, मेडल, ब्याच तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक प्रताप वैद्यले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सफल भविष्यको शुभकामना व्यक्त गर्दै उनीहरूलाई समाज र राष्ट्रप्रति उत्तरदायी नागरिकका रूपमा अघि बढ्न आग्रह गर्नुभयो ।
    त्यसैगरी वैद्यले प्रतिष्ठानले गुणस्तरीय, आधुनिक तथा वैज्ञानिक शिक्षण प्रणालीमार्फत अभिभावकमाझ विश्वास कायम गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वहाँले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा संस्थाले निरन्तर साथ र सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
    सोही अवसरमा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित २०८२ सालको कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गराउन योगदान पु¥याएका शिक्षकहरूलाई सम्मान गरिएको थियो । सहायक कलेज प्रमुखले विद्यार्थीलाई अध्ययनसँगै सामाजिक, सांस्कृतिक, खेलकुद लगायतका क्षेत्रमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै ज्ञानकुञ्जबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई जीवनोपयोगी बनाउँदै नेतृत्वदायी व्यक्तित्वका रूपमा स्थापित हुन शुभकामना व्यक्त गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्