सदस्यहरुको माझमा आफ्नो विश्वास र छविलाई उँचो राख्दै अगाडी बढिरहेको स्थानीय तह मातहतको संस्था एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. प्रदेश सहकारी रजिष्टारको कार्यालय, सानेपा, ललितपुरबाट मिति २०८३ आषाढ १५ गते एकिकरणको स्वीकृती पाएसँगै प्रदेशस्त्तरीय सहकारी भएको छ । बनेपा–७, काभ्रेमा संचालित श्री संस्कार बहुउद्देश्यीउ सहकारी संस्था लि. र एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–७, काभ्रे विच प्रदेश सहकारी रजिष्टारको कार्यालय, सानेपा, ललितपुरको एकिकरणको प्रमाणपत्र प्राप्त गरि एकिकरण सम्पन्न भएको छ । एकिकृत भएर बन्ने सहकारी संस्थाको नाम एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. रहनेछ भने सदस्यहरुलाई साविक एक्सप्रेस साकोसको कार्यालय बनेपा–७ (तरकारी बजार) बाट नै सेवा प्रदान गरिनेछ । दुवै संस्थाका ५ हजार शेयर सदस्यहरुले अब एक्सप्रेस साकोसको कार्यालयबाट सेवा लिन सक्नेछन् ।
यस संगै एक्सप्रेस साकोसले काभ्रेपलाञ्चोक जिल्लाभरका सदस्यहरुलाई आफ्नो सेवा विस्तार गर्ने अवसर समेत पाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत, अरुण थापाका अनुसार संस्थालाई आकारमा ठुलो बनाउँने भन्दा पनि सदस्य सेवा र संस्थाको गुणस्तरीय छविलाई उच्च राख्दै कानुन बमोजिम संस्था संचालन गरि सदस्यहरुको पहिलो आधार सरल, सवल र सुरक्षित संस्थाको रुपमा विकसित गर्दै जाने हाम्रो मुख्य ध्येय हो । साविक संस्कार बहुउद्देश्यीय सहकारी संस्था लि.का सदस्यहरुले आफ्नो नागरिकताको सक्कल, ३ प्रति फोटो र पासबुक, शेयरप्रमाणपत्र लगाएत कागजात लिएर एक्सप्रेसको कार्यालयमा आई आफ्नो सदस्यतालाई अध्यावधिक गर्न आग्रह गर्नुभयो ।
