IMG-LOGO

टेरामक्स प्रकरणमा बस्नेतलाई सफाइ

 मंगल, असार २३, २०८३  -

    विशेष अदाललते टेरामक्स प्रकरणमा कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । अदालतले दिगम्बर झालगायतलाई भने दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार यस्तो फैसला सुनाएको हो । विशेष अदालतले पूर्वसचिव धनराज ज्ञवाली, दुरसञ्चार प्राधिकरणका अध्यक्ष झासहितलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध १ जेठ २०८२ मा मुद्दा दायर भएको थियो ।उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिवाना हुने ठहर गरेको छ । विशेष अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिवाना मात्रै ठहर गरेको हो । अदालतले झालाई थप ६ महिना कैद सजाय सुनाएको छ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्