IMG-LOGO

स्थानीय स्तरमा विपद् व्यवस्थापन तथा वातावरण संरक्षणका लागि अन्तरक्रिया

 मंगल, असार १६, २०८३  -

    जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा स्थानीय स्तरमा विपद् व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समन्वय प्रमुख दिपककुमार गौतमको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश वन तथा वातावरण मन्त्री भरतबहादुर केसी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वन तथा वातावरण मन्त्री केसीले प्रदेश सरकारले विकास र समृद्धिको यात्रालाई जोड्न योजनावद्ध ढङ्गबाट नीति कार्यक्रम बजेट प्रस्तुत गरेको त्यसमा बनक्षेत्रलाई उत्पादनलाई उद्योगसँग जोड्ने कानुन बनाउने अन्तिम तयारीमा जुटेको जनाउनुभयो । मन्त्री केसीले वन तथा वातावरण क्षेत्रमा कानुनी जटीलताले विकास निर्माण तथा नागरिकहरुले समेत झनझट व्यहोर्नु परेकोले अब त्यस्तो अवस्था आउन नदिन सहजीकरणका लागि कानुन बनाउने धारणा राख्नुभयो । मन्त्री केसीले संघ प्रदेश स्थानीय सरकारले आ–आप्mनो अधिकार प्रयोग गरी नागरिकहरुलाई सेवा प्रवाह प्रभावकारी दिनुपर्ने बताउनुभयो । बहुदलीय व्यवस्था, लोकतान्त्रीक गणतन्त्र ल्याउन जनताले ठूलै कुर्वानी गरेको बताउँदै परिवर्तनले भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्य खानेपानीको क्षेत्रमा ठूलो प्रगतिभएको जनताको जीवनमा सकारात्मक परिवर्तन आएको कुरा मन्त्री केसीले राख्नुभयो । ३५ वर्षमा केहि भएन भनेर गलत भाष्य श्रृजना गरी नागरिकहरुमा भ्रमको खेति गरी देशमा विध्वश गरी देश जलाउनेहरुलाई एकदिन कठाघरमा उभ्याउने तर्क मन्त्री केसीले गर्नुभयो । प्रजिअ गोपालप्रसाद अधिकारी श्रीमेहर गणका गणपति झलक सुवेदी, रास्वपा जिल्ला समिति काभ्रे सचिव जिएन सापकोटा, एमाले काभ्रेका प्रकाश रोक्का, राप्रपा काभ्रेका सहदेय भण्डारी, सामुदायिक बन उपभोक्ता बागमती प्रदेश संघका अध्यक्ष विनोद सापकोटा, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र वैदार मन्तव्य राख्नुभएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, सरकारवाल तथा संघ संस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रम घन्यवाद ज्ञापन जिल्ला समन्वय समिति काभ्रेका उपध्यक्ष रिमबहादुर तामाङले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्