महाभारत गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आ.व. २०८३÷०८४ को ६६ करोड ८९ लाख ९८ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानले आ.व. २०८३/०८४ को बजेट प्रस्तुत गर्नुभयो । पालिकाको ६१ लाख ५० हजार आन्तरिक आयस्रोत प्रक्षेपण गरेको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद खनालले महाभारत गाउँपालिका आर्थिक सुशासनमा अब्वलता र विगत ३ वर्ष देखि ० बेरुजु भएको र सम्मानित समेत भएको उल्येख गर्नुभयो ।
त्यसैगरी नमोबुद्ध नगरपालिकाले गत सोमबार नै नीति कार्यक्रम र बजेट ल्याएको छ । आ.व. २०८३/०८४ ९१ करोड ३६ लाख बजेट ल्याएको हो ।
