तेमाल गाउँपालिकाको बुधबार सार्वजनिक आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रमले भौतिक पूर्वाधारदेखि कृषि, पर्यटन र सुशासनलाई जोड दिइएको छ । गाउँसभाको १९ औं गाउँअधिवेशनमा सुशासन अभिबृद्धिका साथ पालिकाको रणनीतिक सडक पूर्वाधार स्तर उन्नतीदेखि, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, कृषि र पर्यटन विकासले थप उचाई लिने नीति तथा कार्यक्रमका साथै बजेट समेत पेस गरिएको हो । गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङले गर्नुभयो ।
५३ करोड २७ लाख ९९ हजारको बजेटभित्र संघीय सरकार तथा प्रदेश सकारबाट प्राप्त समपूरक अनुदान, राजश्व तथा आन्तरिक स्रोतबाट गरी ५३ करोड २७ लाख ९९ हजार बराबरको अनुमानित आय बजेटमा पालिका देखि वडा कार्यालय जोड्ने रणनितिक सडक तर्फका योजनाहरु बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष दलमान थोकरले आ.व. २०८३÷०८४ को बजेट प्रस्तुत गर्नुभयो । कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङ, वडा नं. १ का वडा अध्यक्ष इन्द्र बहादुर अधिकारी, वडा नं. २ का वडा अध्यक्ष देवराज तामाङ, कार्यपालिका सदस्य चण्डिका भुजेलले योजना तथा कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो ।
