चोरीदेउराली गाउँपालिकाले आ.व. २०८३/०८४ को ५६ करोड ७३ लाख ८२ हजार १ सय ८० बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेट सभाले पारीत गरेको छ । आन्तरिक आयस्रोत भने गाउँपालिकाको १ करोड ४ लाख मात्र रहेको कुरा उपाध्यक्ष शेरबहादुर लामाले बताउनुभयो । भौतिक पूर्वाधार निर्माण, खानेपानी उपलब्धता, कृषि प्रणालीमा आधुनिकीकरण, उद्यमसिलता विकास शिक्षा र स्वास्थ्यको पहुँच विस्तारलाई प्राथमिकता दिएको कुरा गाउँपालिका अध्यक्ष चौलागाईले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत चक्रवहादुर श्रेष्ठले आर्थिक सुशासन प्रविधिको विकासलाई समेत आत्मसाथ गरी नागरिकलाई सेवा प्रवाहमा प्रभावकारीता बढाउन लागि पर्ने बताउनुभयो ।
