त्यसैगरी भुम्लु गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड २९ लाख १६ हजार ५ सय ९८ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँसभा अधिवेशनमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष जितेन्द्र लामाले बजेट प्रस्तुत गर्नुभएको थियो । अधिवेशनमा विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
