IMG-LOGO

मण्डनदेउपुरको बजेट १ अर्ब ३१ करोड

 मंगल, असार १६, २०८३  -

    त्यसैगरी मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि १ अर्ब ३१ करोड ६५ लाख ५३ हजार ३८४ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर सभामा नगरप्रमुख टोकबहादुर वाइवाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख विष्णुमणि नेपालले बजेट प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेटमध्ये पूँजीगततर्फ रु. ७८ करोड ३० लाख ८५ हजार ९५२ अर्थात ५९.४८ प्रतिशत तथा चालुतर्फ रु. ५३ करोड ३४ लाख ६७ हजार ४३२ अर्थात ४०.५३ प्रतिशत विनियोजन गरिएको छ । नगरपालिकाले कर्मचारीको तलब तथा प्रशासनिक खर्चका लागि रु. २७ करोड ९९ लाख ६६ हजार ५३४ छुट्याएको जनाएको छ ।
    नगर सभामा वडा नं. ७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले सुशासन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वडा नं. ११ का वडाध्यक्ष दिपेन्द्र लामाले विधायन समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । सुशासन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध मण्डनदेउपुर निर्माणको प्रतिबद्धतासहित नगर सभा २०८३ सफलतापूर्वक सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्