त्यसैगरी पनौती नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि १ अर्ब ९६ करोड ९५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । प्रस्तुत बजेटमध्ये पूँजीगततर्फ रु. १ अर्ब ४ करोड ६८ लाख ४२ हजार अर्थात ५३.१५ प्रतिशत तथा चालुतर्फ रु. ९२ करोड २७ लाख ३३ हजार अर्थात ४६.८५ प्रतिशत विनियोजन गरिएको छ । नगर सभामा नगरप्रमुख रामशरण भण्डारीले असार ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बुधबार उपप्रमुख गीता बञ्जाराले बजेट प्रस्तुत गर्नुभएको थियो ।
स्रोत आन्तरिक आयबाट ४० करोड ९७ लाख, राजश्व बाँडफाँडबाट २१ करोड ८३ लाख २७ हजार सरकारको संघीय वितिय हस्तान्तरणबाट ५२ करोड ६९ लाख, वितिय समानीकरण अनुदानबाट १४ करोड ४७ लाख, सशर्त अनुदानबाट ३५ करोड २४ लाख, विशेष अनुदानबाट २ करोड लगायत छन् । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सुशासन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध पनौती निर्माणको प्रतिबद्धतासहित नगर सभा २०८३ सफलतापूर्वक सम्पन्न भएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले संघ र प्रदेशले छुट्टाएको बजेट पालिकामा चाँडो आएमा विकास निर्माणको गति तिब्ररुपमा अघि बढ्ने बताउनुभयो ।
