IMG-LOGO

धुलिखेल नगरले प्रस्तुत ग¥यो १ अर्ब २३ करोड बजेट

 मंगल, असार १६, २०८३  -

    त्यसैगरी धुलिखेल नगरपालिकाको १९ औँ नगर सभा (आर्थिक वर्ष २०८३÷८४ को बजेट अधिवेशन) सम्पन्न भएको छ । अधिवेशनले आर्थिक वर्ष २०८३÷८४ का लागि कुल रु. १ अर्ब २३ करोड २६ लाख ५४ हजार ५ सय बराबरको बजेट समावेश भएको विनियोजन विधेयक, २०८३ सर्वसम्मतरूपमा पारित गरेको छ । नगरका कार्यवाहक प्रमुख निराजन जंगमले नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत मोहन मरासीनीले नीति कार्यक्रम बजेटको तारतम्य मिलाएर कार्य अघि बढाइने बताउनुभयो ।
    नगर सभाबाट वार्षिक नीति तथा कार्यक्रम २०८३, आर्थिक विधेयक २०८३, धुलिखेल नगरपालिकाको स्थिति समीक्षा २०८२÷०८३, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८३, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन २०८३), न्यायिक समितिको वार्षिक प्रतिवेदनलगायत विभिन्न विषयगत समितिहरूद्वारा प्रस्तुत प्रतिवेदन, निर्णय तथा नगर सभाबाट अनुमोदन हुनुपर्ने विविध नीतिगत प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन् । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सुशासन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध धुलिखेल निर्माणको प्रतिबद्धतासहित सम्पन्न नगर सभाले आगामी आर्थिक वर्षका विकास तथा सेवा प्रवाहका प्राथमिकताहरू तय गर्दै महत्वपूर्ण नीतिगत निर्णयहरू पारित गरेको जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्