IMG-LOGO

बिन्धवासिनीमा दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न

 मंगल, असार २, २०८३  -

    बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लिको आयोजना र फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्राविधिक सहयोगमा शनिबार एक दिवासीय दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) का वरिष्ठ अधिकृत तथा एक्शेस गुणस्तरीय लेखा परीक्षक प्रेमप्रसाद वाग्लेले  परिवर्तित नीति नीयम अनुसार सञ्चालक समितिको भुमिका, जिम्मेवारी र जवाफदेहिता तथा सुशासनका बारेमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा कर्जा असुली न्यायधिकरणका शाखा अधिकृत तथा सूचना अधिकारी नविन मैनालीले खराव कर्जा असुलीको लागि संस्थाले पुरा गर्नु पर्ने प्रक्रिया, न्यायाधिकरणको कार्यक्षेत्र, मुद्दा दर्ता र कर्जा असुलीका कानुनी प्रावधानका बारे विस्तृत रुपमा प्रशिक्षण दिनु भएको थियो ।
    सस्थाका उपाध्यक्ष रामहरी शर्मा तिमल्सिनाले स्वागत मन्तव्य र नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले संचालन गर्नु भएको उक्त कार्यक्रममा बिन्धवासिनी सहकारी सस्थाका संचालक र लेखा समिति, विभिन्न उपसमिति तथा उच्च व्यवस्थापन तहका गरि ४४ जनाको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्