संस्कृति परम्परा तथा चाडपर्वहरुलाई जिवन्त राख्ने उद्देश्यले धुलिखेल नगरपालिका वडा नं. ५ श्रीखण्डपुरमा २०६७ सालमा जिल्ला प्रशासन कार्यालय धुलिखेलमा दर्ता भएको श्रीखण्डपुर चाडपर्व व्यवस्थापन समितिको तेह्रौं साधारण सभा आज धुलिखेल वडा नं. ५ का वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । समितिका अध्यक्ष हरि गोपाल प्रधानाङ्गको अध्यक्षतामा भएको साधारण सभामा उपाध्यक्ष सुन्दरलाल रंजितकारले स्वागत मन्तव्य अध्यक्ष हरिगोपाल प्रधानाङ्गले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष राजु श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त साधारण सभामा आ.व. २०८१÷०८२ को लेखासुपरिवेक्षण प्रतिवेदन अनुमोदन गरिनुका साथै २०८३÷०८४ को लागि रु. ११ लाख ६१ हजारको अनुमानित आय व्यय विवरण पारित गरिनुका साथै २०८२÷०८३ को जेष्ठ २९ सम्मको अथार्थ आय व्यय विवरण पारित गदै २०८३÷०८४ को वार्षिक कार्यक्रम पारित गर्दै साधारण सभा सम्पन्न भयो । समारोहमा प्रमुख अतिथि प्रमोद सुन्दर श्रेष्ठले समितिबाट भए गरेका कामलाई उच्च मुल्याङ्कन गर्दै आगामी दिनमा थप व्यवस्थित गर्दै जात्रा पर्वलाई संचालन गर्दै लान सुझाव दिंदै वडाबाट आवश्यक आर्थिक तथा अन्य सहयोग गरिने बचन वद्धता व्यक्त गरेका थिए ।
