IMG-LOGO

नयाँ भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा उत्प्रेरणा कार्यक्रम

 मंगल, असार २, २०८३  -

    काभ्रे जिल्लामा पहिलो संस्थागत विद्यालय संचालन गरी गुणस्तरीय शिक्षा प्रदानको मुल मर्म बनाई शिक्षण सिकाइ गर्दै आएको सिद्धार्थ स्कुल तथा कलेज बनेपाले विद्यार्थीहरुलाई स्वागत तथा उत्प्रेरणा सन्देश कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका सहायक डिन प्रा.डा. खगेन्द्र आचार्य र बागमती प्रदेशका पूर्व सचिव शिक्षा विद डा. चन्द्रप्रसाद लुइटेलले प्रशिक्षण दिनुभएको थियो ।
    कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत, अभिमुखीकरण तथा उत्प्रेरणामूलक कार्यक्रम आयोजना ग¥यो । असार १ गते देखि कक्षा ११ का विद्यार्थीहरुका लागि कक्षा सञ्चालन भएको छ । वि.सं. २०४० सालमा स्थापना भएको सिद्धार्थ स्कुल जिल्लाकै स्थापित तथा गुणस्तरीय शैक्षिक संस्था मानिन्छ । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानबहादुर केसीले विद्यालयले शैक्षिक स्तरको गुणात्मक विकासलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । गुणस्तरीय, व्यवहारिक तथा संस्कार सहितको नैतिक शिक्षामार्फत विद्यार्थीलाई सक्षम योग्य नागरिक बनाउनु विद्यालयको मुख्य ध्येय रहेको बताउनुभयो ।
    विद्यालयका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई विद्यालयले सञ्चालन गर्ने शैक्षिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलापमार्फत सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउन तयार गरिएका कार्यक्रमिक योजनाहरूको जानकारी दिनुभएको थियो । वहाँले सिद्धार्थ स्कुलले विद्यार्थीहरुलाई मन्दिरमा राखिएको कुदिएको मुर्तिमा पूँजा गरे जसरीको आत्मनिभरको मार्गमा डो¥याउने शिक्षा प्रदान गरेको बताउनुभयो । 
    कार्यक्रममा प्याब्सनका उपमहासचिव भीमसेन केसी, सचिवालय सदस्य हिरा शर्मा नेपाल, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, उपाध्यक्ष बसन्तराज नेपाल, सचिव विमल न्यौपाने, नगर अध्यक्ष महेन्द्र विष्ट, सिद्धार्थ कलेजका क्याम्पस प्रमुख पुकार कारञ्जित, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना तथा अभिभावक रामचन्द्र भट्टराईलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्याब्सन काभ्रेका वरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्