IMG-LOGO

विभेदकारी निर्णय परिवर्तन नभए सम्म पत्रकारहरुको आन्दोलन जारी

 मंगल, असार २, २०८३  -

    धुलिखेल/सञ्चारमाध्यम भइरहेको विभेदकारी निर्णय विरुद्ध देशभरका संचारकर्मीहरु आन्दोलित भएका छन् । दोश्रो चरणका कार्यक्रम अन्र्तगत प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्रसँगै धर्ना शुरु गरेका हुन् । बुधबार र शुक्रबार दुई दिन देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालय काभ्रेको ढोका परिसरमा पत्रकारहरुले धर्ना गरेका हुन् । धर्ना एक घण्टासम्म हुनेछ । त्यस्तै जेष्ठ २९ गते शुक्रबार पनि विहान ११ बजे देखि १२ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरिएको अध्यक्ष विनोद न्यौपानेले बताउनुभयो । धर्नामा विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरु, पत्रकार महासंघका पुर्व अध्यक्ष एवं पदाधिकारीहरु, वर्तमान कार्य समितिका पदाधिकारीहरु, पत्रकारसँग सम्वन्धित संघ संगठनका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
    यस अघि पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी, प्रेसको सवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी सविधान संशोधनको पहल र निर्वाध सूचना उपभोगको सुनिश्चितता माग गर्दै महासंघले संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी मार्फत प्रधानमन्त्रीलाई वुझाएको थियो । हस्ताक्षर वुझाउँने क्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारको निर्णय चाडोभन्दा चाडो फिर्ता लिन माग गर्दै विभेदकारी सरकारी हर्कतले संचार माध्यम र संचारकर्मी आन्दोल थप आन्दोलन गर्न वाध्य नपार्न ध्यानाकर्षन गराउनुभयो । हस्ताक्षर वुझ्दै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले हस्ताक्षर प्रधानमन्त्रीसमक्ष पठाइने बताउनुभयो । 
    आन्दोलनका कार्यक्रम अन्र्तगत २०८३ जेठ २५ गते बिहान ११ बजे महासंघका सबै संरचनाले संकलन गरेको हस्ताक्षर सबै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाउने, जेठ २७ र २९ गते दुई दिन बिहान ११ बजेबाट १२ बजेसम्मः–सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला शाखाको अगुवाइमा धर्ना दिने, असार १ र ३ गते दुई दिन बिहान ११ बजेबाट १२ बजेसम्म– महासंघका प्रदेश समितिको अगुवाइमा सबै मुख्य मन्त्रीको कार्यालयमा धर्ना दिने, असार ५ गते केन्द्रीय समितिको आयोजनामा पेशागत संगठन र सरोकारवालासहित काठमाडौंमा वृहत ऐक्यवद्धता ¥याली गर्ने लगायतका कार्यक्रम छन् । महासंघ २०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै तहको सरकारी विज्ञापन र सूचनाबाट निजी सञ्चारमाध्यमलाई बञ्चित गर्ने विभेदकारी परिपत्र खारेजीको माग राखी चरणवद्ध आन्दोलनमा रहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्षहरु महेश पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रिराज तिमल्सिना संचार माध्इम र संचारकर्मीको सहभागीता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्