IMG-LOGO

हल्लै हल्लाको देश, काण्डै काण्डको देश

 मंगल, असार २, २०८३  फडिन्द्र शर्मा

                आइतबार प्रधानमन्त्री बालेन साहले देश बनाउने टोलीको फोटो सार्वजनिक गरेसंगै फेसबुकमा फेरि शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डको चर्चा भो । एआइको को माध्यमले पुराना शिर्ष नेताको मजाका फोटा आए । उनीहरुको शासनकालमा भएका काण्ड र घटनाबारे चर्चा भए ।

                केपी देउवा र प्रचण्ड देश बनाएर थाकेको पित्री टोलिहरू हुन् र मैले सोमबारे औंशीमा यि पितृ अवस्थामा पुगेकालाई सम्झदै उनीहरुको कालमा गरेका १३ वटा काण्ड सम्झिए । सबै भन्दा महत्वपुर्ण कामहरू तल लेखिदिएको छुँ पढ्नुहोला र छुटेका काण्डहरू आफैं संझनु होला ।

१. लडाकु शिविर (क्यान्टनमेन्ट) घोटाला

२. नक्कली भुटानी शरणार्थी प्रकरण

३. वाइडबडी विमान खरिद काण्ड

४. ओम्नी काण्ड (कोभिड–१९ स्वास्थ्य सामग्री खरिद)

५. यती होल्डिङ्स र गोकर्ण रिसोर्ट जग्गा लिज प्रकरण

६. गिरीबन्धु टी–इस्टेट जग्गा प्रकरण

७. एनसेल  शेयर बिक्री र कर छली प्रकरण

८. सेक्युरिटी प्रिटिङ प्रेस (७० करोड काण्ड)

९. लाउडा विमान काण्ड

१०. टेरामक्स (TERAMOCS) प्रविधि खरिद प्रकरण

११. बुढीगण्डकी जलविद्युत आयोजना ठेक्का विवाद

१२. पशुपतिनाथ सुनको जलहरी प्रकरण

१३. सांसद खरिद (बिक्री तथा डिएमसी (DMC) पजेरो, प्राडो गाडी काण्ड । यि काण्डले गर्दा नै अहिलेका रवि बालेन युग आएको कुरा कस्लाई पो थाहा छैन र ?

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्