रङ्गकर्मी सचित खड्का र संचारकर्मी अरविन्द्र गौतम छुट्टाछुट्टै कार्यक्रममा सम्मानित हुनुभएको छ ।
रंग पत्रकार सचित खड्का १७ औं डी सिने अवार्ड अन्तर्गत प्रदान गरिएको ‘रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । चलचित्र पत्रकारिता क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै खड्कालाई १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।
उक्त समारोहमा निर्देशक ज्ञानेन्द्र देउजा तथा अभिनेत्री निरुता सिंह लाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान प्रदान गरिएको छ । नेपाली चलचित्र क्षेत्रका स्रष्टा, कलाकार, प्राविधिक तथा सञ्चारकर्मीहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको डी सिने अवार्डको १७ औं संस्करणमा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । रङ्गकर्मी खड्काले काभ्रेमा बेष्ट एफ.एम सञ्चालन गर्नुभएको छ । त्यसैगरी काव्य म्युजिक अवार्ड २०८३ पाँचौं संस्करणको अवार्ड वितरण समारोहमा पत्रकारिता सम्मानबाट अरविन्द्र गौतम सम्मानित हुनुभएको हो । संचारकर्मी गौतम काभ्रे प्रेस डटकम अनलाईन सञ्चालन गर्दै आउनुभएको छ ।
