विश्व वातावरण दिवस (June 5) को अवसरमा पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि. ले शनिबार, बनेपा न.पा. वडा नं. ११ सिनागाल स्थित शारदादेवी मन्दिर परिसर र व्यायाम पार्कमा सरसफाई कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा समिति, उप–समिति, कर्मचारी तथा अन्य सहभागीहरु गरी जम्मा ५७ जनाको सहभागीता रहेको थियो ।
संस्थाका अध्यक्ष निरन शाक्य र बनेपा न.पा. वडा नं. ११का वडा अध्यक्ष शिव कुमार थापाले संयुक्त रुपमा झाडु लगाई उद्घाटन गरिएको सो सरसफाई कार्यक्रम संस्थाका कोषाध्यक्ष पवन राज कर्णजीतले संयोजन गर्नु भएको थियो । संस्थाको बस्तुगत स्थिति तथा सहकारी शिक्षा प्रदान क्रमशः ऋण अधिकृत अमृत नापित र सहायक सुरबी कायस्थले गर्नु भएको थियो ।
वडा अध्यक्ष शिव कुमारबाट सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै यस्ता कार्यक्रमहरुमा बाहिरी स्थानबाट स्वयम् सेवकका रुपमा भएको यस्ता कार्यको सराना गर्दै अन्य स्थानमा समेत निरन्तरता हुनुपर्ने धारणा राख्नु भएको थियो । सहभागिहरुलाई धन्यवाद सहित सरसफाई कार्यक्रममा सहयोग एवम् समन्वय गरिदिनुहुने बनेपा ११ नं. वडा समितिको कार्यालय लगायत बनेपा न.पा. वडा नं. ११का वडा अध्यक्ष श्री शिव कुमार थापाज्यूलाई धन्यवाद सहित सम्मान एवं मायाको चिनो प्रदान गर्दै संस्थाका अध्यक्ष निरन शाक्यबाट कार्यक्रम समापन गरिएको संस्थाले जनाएको छ ।
