IMG-LOGO

बिन्धवासिनीको बजेट तर्जुमा सदस्य विस्तारित भेला सम्पन्न

 मंगल, जेठ २६, २०८३  राजेन्द्र श्रेष्ठ

    बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तथा कार्यक्रम पुनरावलोकन र आ.व. २०८४÷०८५ को बजेट तथा कार्यक्रम तर्जुमा गर्न सात वटै सेवा कार्यालयहरुमा सदस्यहरुका प्रतिनिधिहरुको भेला गरी सुझाव सङ्कलन गरेकोछ ।
    संस्थाको कार्यक्रमहरुलाई सदस्यमुखी र अझै प्रभावकारी बनाउन सदस्यहरुबाट सुझाव सङ्कलन गरी कार्यान्वयन गर्ने उदेश्यकासाथ आयोजना गरिएको भेलामा सदस्य प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो । संस्थाका कोषाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा उप समितिका संयोजक भिमबहादुर खत्रीको सभापतित्वमा गत जेठ १७ गते भकुण्डे, २२ गते पाँचखाल र बानेश्वर, २३ गते खोपासी, २४ गते पनौती र बनेपा तथा २५ गते ढुंखर्क सेवा कार्यालयहरुमा भएको भेलामा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ, उपाध्यक्ष रामहरि शर्मा तिमल्सिना, सचिव डोरेन्द्रराज सापकोटा, संचालक सदस्यद्वय केशव थापा र गणेशप्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङतान् तथा नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे लगायतले सदस्यहरुबाट राखेका जिज्ञासालाई सम्बोधन गर्नु भएको थियो । सेवा कार्यालय व्यवस्थापन उप समितिका सचिव लक्ष्मी प्रसाद दाहाल, केशव प्रसाद पौडेल, उद्धव प्रसाद आचार्य, रघुनाथ हुमागाई, सोनु लामा, भरत बहादुर के.सी.ले सञ्चालन गर्नु भएको कार्यक्रममा सेवा कार्यालय व्यवस्थापन उप समितिका संयोजक रामशरण श्रेष्ठ, दिनेश अधिकारी, अनन्त तिमल्सिना, अच्युत प्रसाद गुरागाई, रमेश प्रसाद जंगम, मोहन प्रसाद होमागाई र गणेश  बहादुर तिम्सिनाज्यहरुबाट भेलामा सहभागीहरुलाई स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सदस्यहरुबाट प्राप्त सुझावहरुलाई प्राथमिकताको आधारमा आगामी बजेटमा समट्ने र नीतिगत सुधार गर्नुपर्ने विषयहरु साधारण सभामा पेश गर्ने जानकारी दिइएको थियो । भेलामा कार्यालय व्यवस्थापकहरु प्रविण धिताल, सुरज अधिकारी, बलराम अधिकारी, राजेश कार्की, रामचन्द्र थापा, मित्रप्रसाद दाहाल र अनिल पहरीले आ–आफ्नो क्षेत्रको प्रगति र गतिविधिहरुका बारेमा जानकारी गराईएको थियो भने मूख्य कार्यालयबाट प्रतिनिधित्व गर्ने प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतले समष्टिगत प्रगति, गतिविधि र भावी योजना प्रस्तुत गर्नु भएको थियो ।
    काभ्रे जिल्लामा स्थापना भई उपत्यकाका तीन भक्तपुर, काठमाडौंं र ललितपुर जिल्लामा कार्यक्षेत्र रहेको विन्धबासिनी सहकारीले ६० हजार छ सय ४१ जना शेयर सदस्य र १२ हजार चार सय ५१ जना बालवचत कर्ता गरी ७३ हजार ९२ जनालाई सेवा प्रदान गरेकोछ ।  रु. ५३ करोड ७० लाख २८ हजार दुईसय शेयर पूँजी, चार अर्व ३० करोड ४४ लाख ५६ हजार आठ सय वचत सङ्कलन र तीन अर्व ६१ करोड ८३ लाख ४३ हजार ऋण लगानी गरी पाँच अर्ब ६० करोड ५१ लाख ८० हजार कुल सम्पत्ति रहेको उक्त संस्थाले चालु आर्थिक वर्षमा मात्र १६ सय ३२ जना शेयर सदस्यहरुलाई एक करोड ३९ लाख, ९८ हजार सात सय ९६ रुपैया निःशुल्क राहत प्रदान गरेको कार्यक्रममा जानकारी गराईएको थियो । संस्थाले आफ्ना सदस्यहरुलाई सुरक्षण कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सुविधा, पारिवारिक मुत्यु समवेदना, सदस्य मृत्यु राहत, प्राकृतिक प्रकोप राहत, नवजात शिशु सेवा र विशेष उपचार सुविधा राहत प्रदान गर्दै आएको छ । शिर मेमोरियल अस्पतालमा सदस्यहरुको उपचारमा छुट हुने सम्झौता गरेको संस्थाले नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र काभ्रेबाट सदस्यहरुलाई आवश्यक परेको बेला दुई प्रिन्ट रगत निःशुल्क पाउने व्यवस्था समेत गरेकोछ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्